८० वर्ष नाघेका ५१ जनाले दिए उम्मेद्धारी, परिचय पत्र आइतबार

असार १०, २०७४ मा प्रकाशित | 1084 views

काठमाडौं ।

यही असार १४ गते हुने दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा ८० वर्ष उम्मेर नाघेका ५१ जना ज्येष्ठ नागरिकले उम्मेदवारी दिनुभएको छ ।

५१ जना मध्ये ३ जनाले नगरपालिकाको प्रमुखमा, २ जनाले गाउँपालिका अध्यक्षमा, १६ जनाले वडाअध्यक्षमा र बाँकी २९ जनाले वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवार बन्नुभएका जेष्ठ नागरिकमध्ये ३ जना ९० वर्ष माथिका व्यक्ति हुनुहुन्छ ।

प्रदेश नम्बर ७ को बझाङमा शताब्दी पुरुषका रुपमा परिचित विष्णुबहादुर रावतले  वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

१९७६ जेठ १७ गते जन्मिएका ९८ वर्षीय रावतले दुर्गाथली गाँउपालिका वडानम्बर ३ मा नेपाली काङग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।

जिल्ला निर्वाचन कार्यालय बझाङले उहाँलाई सम्भवत नेपालकै बयोबृद्ध उम्मेदवारबाट मनोयन दर्ता भएको भनी निर्वाचन आयोगलाई जानकारी दिएको छ ।

ओखलढुङगा चम्पादेवी गाँउपालिका ५ मा पनि ९५ वर्षीय  टेकबहादुर तामाङले गाँउपालिका सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको छ ।

सुनसरीको कोशी गाँउपालिका ८ का ९३ वर्षीय सफिद मिँयाले एमालेको तर्फबाट  वडा सदस्यमा मनोनयन पत्र दर्ता गराउनुभएको हो ।

निर्वाचन आयोगमा प्राप्त विवरण अनुसार ८० वर्ष उमेर नाघेका सबैभन्दा धेरै उम्मेदवार राप्रपाका  छन भने त्यसपछि नेपाली काङग्रेस, स्वतन्त्र, नेकपा एमाले, माओवादी केन्द्रका रहेका छन ।

निर्वाचन आयोगले असार १४ गते हुने दोश्रो चरणको स्थानीय तह निर्वाचनका लागि भोलि आइतबारदेखि सम्बन्धित मतदान केन्द्रमार्फत मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य भएकोले आयोगले भोलि र पर्सी मंगलबार सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयत्रपत्र वितरण गर्ने भएको हो ।

दोश्रो चरणअन्तर्गत निर्वाचन हुने १, ५ र ७ नम्बर प्रदेशका ६४ लाख ३२ हजार सात सय ६५ मतदातालाई भोलिदेखि तीन दिनसम्म मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।

मतदाताले स्वयं मतदान केन्द्र पुगेर मतदाता परिचयपत्र लिनुपर्ने आयोगका सहसचिव एवं मतदाता शिक्षा प्रमुख नवराज ढकालले जानकारी दिनुभयो ।

दोश्रो चरणमा मतदान हुने १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहमा चार हजार ५८१ मतदान स्थलमा आठ हजार ३६४ मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web