पुर्व गोलरक्षक शाही ठगीको आरोपमा पक्राउ

असार ८, २०७४ मा प्रकाशित | 1141 views

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व महासचिव तथा पूर्व राष्ट्रिय फुटबल टोलीका गोल किप्पर लोक बहादुर शाहीलाई अपराध अनुसन्धान माहाशाखाले ठगीको आरोपमा बिहिबार पक्राउ गरेको छ ।

शाहिमाथि केही युवाहरुलाई खेलकुदका लागि क्यानडा पठाईदिन्छु भन्दै मोटो रकम उसुली गरेको भन्ने उजुरीका आधारमा अहिले सोधपुछपछि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएकोे महाशाखाले जनाएको छ ।

क्यानडाको टोरन्टोमा आगामी मे १५ देखि २५ तारिख सम्म सञ्चालन हुने मैत्रीपूर्ण फुटबलमा पठाईदिन्छु भन्दै शाहीले ७ जनाबाट १९ लाख २० हजार रुपैँया संकलन गरेको उजुरु परेपछि कार्वाही अगाडी बढाईएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web