खुला पौडीमा चार कीर्तिमान कायम

असार ८, २०७४ मा प्रकाशित | 782 views

काठमाडौं ।

नेपाल पौडी संघको आयोजनमा ओलम्पिक डे को अवसरमा आयोजित उमेर समूह तथा खुला पौडी प्रतियोगिता अन्तर्गत उमेर समूहमा बिहिबार चार राष्ट्रिय किर्तिमान कायम भएका छन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगिताको १२ बर्ष मुनिको छात्रा ५० मिटर ब्रेष्ट स्ट्रोकमा जेनिश महर्जनले ४०.५३ सेकेन्डमा दुरी पुरा गर्दै नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका थिए ।

यस अघि यस विधामा तरुण भण्डारीको नाममा ४२.५६ सेकेन्डको कीर्तिमान रहेको थियो ।

यसैगरी छात्रा तर्फको ब्रेस्ट स्ट्रोकमा डुवाना लामाको नाममा रहेको ४१.७२ सेकेन्डस्को समयलाई भंग गर्दै महर्जनले ४०.१३ सेकेन्डस्मा दुरी पुरा गर्दै नँया कीर्तिमान रच्न सफल भईन् ।

बेष्ट स्ट्रोककै १४ वर्ष मूनिको छात्राहरुको स्पर्धामा लिंकनकी टिसा शाक्यले आफ्नै नाममा रहेको ४१.०३ सेकेन्डमो समयमा सुधार गर्दै ४०.९१ से।को नयाँ कीर्तिमान कायम गरिन् ।

५० मिटर फ्रिस्टायल १२ बर्ष मूनि उमेर समूहमा डुवाना लामाले आफ्नै नाममा रहेको ३३.५३ से.को समयमा सुधार गर्दै ३२.४७ से. समयको नयाँ कीर्तिमान राखिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web