द्रुत मार्ग समयमै सम्पन्न गर्न कार्यविधि पारित

असार ८, २०७४ मा प्रकाशित | 1180 views

काठमाडौं ।

मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ–तराई÷मधेस जोड्ने द्रुत मार्ग 'फास्ट ट्र्याक' छिटो बनाउनेसम्बन्धी कार्यविधि पारित गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौं–तराई निजगढ दु्रतमार्ग छिटोभन्दा छिटो सम्पन्न गर्ने गरी कार्यविधि पारित गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिुनभयो ।

मन्त्रीपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सबै निकायलाई सजग रहन निर्देशन दिएको पनि मन्त्री कार्कीले बताउनुभयो ।

यस्तै बैठकले एसियाली विकास बैंकले सहरी विकासका लागि दिने १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा डा किरण रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web