काठमाडौं ।

आगामि जुलाई महिनामा सिंगापुरमा हुने १९ वर्ष मुनि उमेर समूहको आई सी सी विश्व कप छनोट एशिया २०१७ का लागि १८ सदस्यीय क्रिकेट खेलाडिको नामावली सोमबार सार्वजनिक भएको छ ।

छनोट भएका १८ जना खेलाडिबाट केहि दिनको बन्द प्रशिक्षण पछि विश्व कप छनोट खेल्न १४ जनाको अन्तिम नामावली सार्वजनि गरिने र बाँकि ४ जनालाई बैकल्पिकको रुपमा राखिने छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गरिसकेका सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र आरिफ सेख पनि यस प्रारम्भिक छनोटमा परेका छन् ।

खेलाडिहरुको छनोट आई सी सी को एशिया क्षेत्र विकास प्रमूख वेङकटपति राजु, राष्ट्रिय टोलीका प्रमूख प्रशिक्षक जगत टमाटा र १९ वर्ष मुनिको राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दाशले गरेका थिए ।

छनोट चरणमा नेपालले मलेसिया, अफ्गानिस्तान र आयोजक सींगापुरको सामना गर्नु पर्ने छ ।

छनोट प्रतियोगिता जुलाई १६ देखि २५ तारिख सम्म सींगापुरमा आयोजना हुनेछ ।

सोमबारदेखि शुरु हुने भनिएको एशियन कप प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको उद्घाटन सोमबार नै सम्पन्न भए पनि खेल भने शुरु हुन सकेन ।

कीर्तिपर स्थित त्रीभुवन विश्वविद्यालयको मैदानमा सोमबार नेपाल स्टर्म र दुवाई वारियर्सबिच हुनु पर्ने खेल, उद्घाटन कार्यक्रम ढिलो हुन जाँदा समय नपुग्ने भन्दै सारिएको थियो ।

26.12¡ÆC