आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानलाई ..

असार ४, २०७४ मा प्रकाशित | 990 views

काठमाडौं। इण्डिया १८० रनले पराजित असार ४, २०७४ पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ ।

लण्डनको ओभलमा आज भएको फाइनलमा इण्डियालाई १ सय ८० रनले हराउदै पाकिस्तानले उपाधि उचालेको हो । पाकिस्तानले प्रस्तुत गरेको ३ सय ३९ रनको लक्ष्य पछ्याएको इण्डिया ३० दशमलव ३ ओभरमा १ सय ५८ रनमा समेटिएको थियो ।

इण्डियाका हार्दिक पाण्डेले ४३ बलमा ७६ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । त्यसअघि इण्डियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको पाकिस्तानले निर्धा्रित ओभरमा ४ विकेट गुमाएर ३ सय ३८ रन बनायो । अजर अलि र फखर जमानले पहिलो विकेटका लागि १ सय २८ रनको साझेदारी गर्दै पाकिस्तानलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

जमानले १ सय १४ रन बनाएको इनिङ्समा अलिले ५९ रन बनाए । मोहमद हाफिजले विस्फोटक व्याटिङ गर्दै ३४ वलमा अर्धसतक पुरा गरे । बाबर अजम ४६ र सोयब मल्लिक १२ रनमा आउट भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web