काठमाडौं ।

२३ वर्ष मुनि उमेर समूहको ए एफ सी फुटबल प्रतियोगिता यही असार ३१ गते देखि संयुक्त अरब ईमिरेट्स् यु ए ई मा हुने भएको छ ।

प्रतियोगिता अन्तर्गत नेपाल रहेको समूह डी मा आयोजक यु ए ई, लेबनान र उज्वेकिस्तान रहेका छन् ।

नेपाली टोलीको प्रशिक्षण मेघराज केसीले गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

प्रशिक्षक केसीले यस भन्दा अघि नेपाली राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको भुमिका निर्वाहा गरिसकेका छन् भने व्यवसायिक रुपमा उनले अहिले थ्री स्टार क्लबको प्रशिक्षण गरिरहेका छन् ।

२३ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रशिक्षण अगामी आईतबार देखि शुरु हुने एन्फाले जनाएको छ ।

27.12¡ÆC