यमन भर्सेस नेपाल : नेपाललाई इतिहास बनाउने मौका,फेरिएला इतिहास ?

जेष्ठ ३०, २०७४ मा प्रकाशित | 879 views

काठमाडौं, जेठ ३० ।  एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल आज घरेलु मैदानमा यमनविरुद्ध मैदानमा उत्रिँदै छ । नेपाल र यमनबीचको खेल अपरान्ह ३ बजे हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा हुनेछ ।

समूह ‘एफ’मा रहेको नेपाल अंकबिहीन छ । एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४ – १ ले पराजित भएको थियो । नेपाल भन्दा बलियो प्रतिस्पर्धी यमन विरुद्धको खेल नेपाली टोलीलाई अघिल्लो चरण प्रवेशको लागि निक्कै महत्वपूर्ण रहेको छ ।

पहिलो चरणमा ताजकिस्तानलाई २ – १ ले हराएर तीन अंक जोडेको यमन नेपाललाई पराजित गर्दै एक खेल अगावै एसियन कपमा आफ्नो सिट सुरक्षित गर्ने दाउमा रहेको छ । यमनका अधिकांस खेलाडी बाहिर देशका लिग खेल्ने गर्छन । उनीहरुसँग गल्फ राष्ट्रको उच्च श्रेणीको लिग खेलेको अनुभव छ । तर,यमनमा सन् २०१५ बाट जारी गृहयुद्ध र राजनैतिक अस्थिरताले गर्दा यमनको फुटबल निरन्तर ओरालो लाग्दै आएको छ ।

यस्तो छ नेपाली टोली

मंगलबारको खेलका लागि स्ट्राइकर अनिल गुरुङले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । उनीसँगै २३ सदस्यीय टिममा एलन न्यौपाने, मानबहादुर तामाङ, दिनेश राजवंशी, सुनिल बल र राजेन्द्र रावलले पनि ठाउँ पाएका छन् ।

यस्तै नेपाली टिममा विकेश कुथु, किरण कुमार लिम्बु र एलन न्यौपाने गोलकिपर छन् । डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, अदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी र मानबहादुर तामाङ छन् ।

मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ, सुनिल बल छन् । फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र बिमल घर्ती मगर छन् ।

‘हेड टु हेड’ मा को अगाडी ?

यमनसँग भएको दुई भेटमा नेपाल पराजित भएको छ । सन् २००० मा एएफसी एसियन कपमै नेपाल यमनसँग ३–० गोल अन्तरले पराजित भएको थियो । यस्तै सन् २०१४ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो । फिफा वरियतामा यमन नेपालभन्दा ४५ स्थान अघि छ । नेपाल १ सय ६९ औँ स्थानमा छ भने यमन १ सय २४ औँ स्थानमा छ ।

होम एण्ड अवेका आधारमा चल्ने छनोट अन्तर्गत नेपालले आगामी २७ मार्च, २०१८ मा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले आफ्नो तेस्रो खेलमा आगामी ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग घरेलु मैदानमै खेल्ने छ । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।

७ सय दर्शकलाई मात्र टिकट

नेपाल र यमनबीचको खेलको लागि टिकट खरिदको जिम्मा एन्फाले इसेवालाई दिएको छ । एन्फाले खेलको टिकट इसेवाको काउन्टर र खेल स्थल हल्चोकमा बिहान ११ बजेबाट १ बजेसम्म खरिद गर्न सकिने जनाएको छ । नेपाल र यमनबीचको खेलको टिकट मूल्य १ हजार रहेको छ । यस्तै एन्फाले ७ सय मात्र दर्शकलाई टिकट उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web