त्रिभुवन आर्मी ललित स्मृति फुटबलको फाइनलमा प्रवेश

जेष्ठ २७, २०७४ मा प्रकाशित | 841 views

काठमाडौं ।

दिनेश योञ्जनको ह्याट्रिकसँगै त्रिभुवन आर्मी १८ वर्ष मूनि उमेर समुहका लागि सञ्चालित ललित स्मृति फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको सातदोबाटोस्थित मैदानमा शनिबार भएको दोश्रो सेमिफाईनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।

नेपाल आर्मीका लागि आर्को एक गोल प्रिजेन तामाङ्गले गरेका थिए ।

एन्फा मैदानमा शनिबार नै भएको पहिलो सेमिफाईनलमा संकटाले फ्रेण्डस् क्लबलाई टाई ब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित पारेको थियो ।

निर्धारित समय १/१ गोलको बराबरीमा सम्पन्न भए पछि खेलको निर्णय पेनाल्टि सुट आउट मार्पmत गरिएको थियो ।

त्रिभुवन आर्मी क्लब र संकटा क्लबबिचको फाईनल खेल एन्फा मैदानमा आगामी सोमबार हुनेछ ।

प्रतियोगितामा प्रथम हुने क्लबले ३ लाख र दोश्रो हुने क्लबले १ लाख ५० हजार रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web