काठमाडौं ।

एशिया कप फुटबल छनौट अन्तर्गत मंगलबार हुने नेपाल र यमनबीचको खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले ७ सय वटा टिकट मात्र बेच्ने भएको छ ।

नेपाल र यमनबीचको खेल हुने स्थान सशस्त्र प्रहरीको हल्चोक मैदानमा दर्शक क्षमता कम भएकाले ७ सय वटा टिकट मात्र बेच्न लागेको एन्फाले जनाएको छ ।

एन्फाले टिकट दर १ हजार रुपैयाँ तोकेको छ । टिकट इसेवाको वेवसाइटमार्फत तथा इसेवाका काउन्टरहरुबाट शनिबार बिहान १० बजेदेखि लिन सकिने एन्फाले जनाएको छ ।

खेल हल्चोक मैदानमा दिउँसो ३ बजे शुरु हुने छ । यमन, फिलिपिन्स र ताजकिस्तान रहेको समूह एफमा रहेको नेपालले आफ्नो पहिलो घरेलु मैदानको खेल यमनसँग खेल्न लागेको हो ।

फिलिपिन्ससँग मनिलामा खेलेको आफ्नो पहिलो खेलमा भने नेपाल पराजित भएको थियो । नेपालले यी ३ टिमसँग होम एण्ड अवेका आधारमा ६ खेल खेल्ने छ । समूहका विजेता र उपविजेताले २०१९ मा हुने एशिया कप खेल्न पाउने छन् ।

25.12¡ÆC