बारा जिल्ला माछा सँगै दुघमा पनि आत्म निर्भर

बारा ।

बारा माछामा मात्र आत्म निर्भर नभई दुधमा पनि आत्म निर्भर रहेको पाइएको छ ।

जिल्ला पशु कार्यालयले विश्व दुध दिवसको अवसरमा सार्वजनिक गरेको तथ्याक अनुसार जिल्ला दुध र दुधजन्य पदार्थमा आत्मनिर्भर देखिएको हो ।

५७ हजार ९ सय ३७ वटा दुध दिने चौपाया रहेको र दैनिक १ लाख ७९ हजार ९ लिटर दुध उत्पादन हुने गरेको पशु कार्यालयका डाक्टर हेकचन्द्र जैसवारले जानकारी दिनु भयो ।

उत्पादन भएको दुधबाट पनिर, दही, घिउ बनाई जिल्लामा मात्र नभई बाहिर पनि बिर्की बितरण गरी  किसानहरुले मन्गय आम्दानी गर्ने गरेको डा जैसवारले भन्नु भयो ।

करिब ३७ हजार लिटर दुध प्रति दिन बाहिर बिर्कीका लागि पठाउने गरेको, अन्य जिल्लामा बिभिन्न परिकार बनाई  करौडौ रुपैयाको आम्दानी किसानहरुले गर्ने गरेको जिल्ला पशु कार्यालय बाराको तथ्याँकले देखाउँछ ।

दुध, मिठाई, घिउ, दही, लसी, बनाई छिमेकी जिल्लाहरु पर्सा, रौतहट, मकवानपुर लगाएत पोखरा, काठमान्डौ, बिराटनगर लगाएतका ठाँउहरुमा सहकारी संस्था मार्फत, कलेक्सन सेन्टरवाट समेत बिर्की बितरण गरी किसानहरु दुघले पनि आत्म निर्भर भएको पशु कार्यालयका प्रमुख देवनन्दन साहको भनाई रहेको छ ।

प्रतिक्रिया

TOP