इलाम ।

चिया खेतीसम्बन्धी अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ ।

राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागले इलामको फिक्कल देखि चिया खेतीको अध्ययन सुरू गरेको हो ।

एक वर्षमा अध्ययन पूरा गर्ने लक्ष्यका साथ तथ्याङ्क विभागले फिक्कल स्थित चिया उद्यमी, चिया किसान, चिया सहकारी र प्राविधिकसँग छलफल गरेको छ ।

आगामी पुस महिनासम्ममा सर्भेक्षण सम्पन्न गरिने तथ्याङ्क विभागका निर्देशक बद्रीबहादुर कार्कीले बताउनुभयो ।

अध्ययन तथा सर्वेक्षणका क्रममा नेपाली चियाको परिचय, त्यसले ओगटेको जग्गा, उत्पादन, क्षेत्रफल, ऋण तथा अनुदानको विवरण सङ्कलन गरिने छ ।

हाल चियाखेतीमा साना ठूला गरी ३० हजारभन्दा बढी किसान संलग्न छन् ।

15.36¡ÆC