रुकुमका ९ गाउँपालिकाका लागि २ अर्ब ६४ करोड बजेट

जेष्ठ १७, २०७४ मा प्रकाशित | 2018 views

रुकुम ।

सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७४/७५ बजेटमा रुकुमका लागि २ अर्ब ६४ करोड बढी छुट्याएको छ । जिल्लाका ९ वटा स्थानीय तहमा गरि यसरी ठुलो मात्रामा बजेट छुट्याईको हो ।

रुकुमको आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी ३८ करोड र सबैभन्दा कम त्रिबेणी गाउँपालिका २४ करोड बजेट बिनियोजन भएको छ ।

जसअनुसार रुकुमको चौरजहारी नगरपालिकाका लागि ३२,७४,१९०००, मुसिकोट नगरपालिका लागि ३६,३१,४१०००, आठबिसकोट नगरपालिकामा ३८,६१,७५००० र त्रिबेनि गाउँपालिकामा २४,०९,५८००० बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै बाफिकोट गाउँपालिकामा २६,१७,३४०००, सानीभेरी गाउँपालिकामा २६,९१,२७०००, पुथा उतरगंगा गाउँपालिकामा २८,८७,६१०००, भुमे गाउँपालिकामा २५,८०,४४००० र सिस्ने गाउँपालिका . २४,४९,०१००० बजेट छुट्याईएको हो । सरकारले पहिलोपटक स्थानीय तहमा ठुलो मात्रामा बजेट बिनियोजन गरेपछि स्थानीयहरु खुसिभएका छन ।

द्धन्द्ध तथा अन्य भौगोलिक समस्याका कारण पछि परेको रुकुममा यसपटकको बजेटले विकास निर्माणको काममा तिब्रता आउने स्थानीयहरुको आशा रहेको छ ।

प्रदेश नम्बर ६ मा पर्ने रुकुमका ६ वटा स्थानीय तहमा निर्बाचन सम्पन्न भएर जनप्रतिनिधी निर्बाचित भएपनि प्रदेश नम्बर ५ मा पर्ने ३ वटा तहमा दोस्रो चरणमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web