सातामा शेयर कारोबार ४.२७ प्रतिशतले वृद्धि

जेष्ठ १३, २०७४ मा प्रकाशित | 744 views

काठमाडौं ।

गत साताभर घटेको नेपाली शेयर बजारको परिसूचक नेप्से यो साता २।३४ अंकले बढेर अन्तिम दिन १६२९.५८ अंकमा पुगेको छ । यो साता शेयर बजारको कारोवार रकम पनि गत साताको तुलनामा ४.२७ प्रतिशतले बढेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३७३५ कारोबारबाट दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार रुपैयाँ बराबरका ४५ लाख ६७ हजार ९० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ विकास बैक, वित्त,उत्पादनमुलक र अन्य समूहको कारोवारमा सुधार भएको छ भने बाणिज्य बैक, होटेल, जलविद्युत र बिमा समूहको कारोवारमा घटेको छ ।

यो साता कारोबार रकमको आधारमा हिमालय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड,कारोबार भएको सेयर संख्याको आधारमा ललितपुर फाइनान्स कम्पनी लिमिटेड र कारोबार संख्याको आधारमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web