बीरगञ्ज ।

तराईलाई काठमाण्डौ जोडने फास्ट ट्रयाकको शिलान्यास सम्बन्धि कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

नेपाली सेनाले निर्माणको जिम्मा पाएको फास्ट ट्रयाकको शिलान्यास भोली विहान ८ः१५ बजे एक समारोहका विच निजगढमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको साथमा रक्षामन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री कृष्ण बहादुर महरा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक लगायतका मन्त्रीगण, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सहभागिता रहने जनाईएको छ ।

फास्ट ट्रयाक निर्माणको शुभारम्भ गर्न प्रधानमन्त्री आउने भएपछि कार्यक्रम स्थलमा आजै देखि सुरक्षा व्यवस्था कडा बनाईएको नेपाली सेना चन्दननाथ गण कलैयाका गणपति सन्तोष कार्कीले जानकारी दिनुभयो ।

निजगढ देखि काठमाण्डौ जोडने फास्ट ट्रयाक ७६.४० किलो मिटर बाटो ५ बर्ष भित्र नेपाली सेनाले १ खर्ब १२ अर्ब रुपैयाको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

14.93¡ÆC