राष्ट्रपतिद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत

जेष्ठ ११, २०७४ मा प्रकाशित | 676 views

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७४–७५ का लागि सरकारको नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसदमा प्रस्तुत गर्नुभएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस वर्षको माघ ७ गतेभित्रै प्रदेश र संघीय संसदको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले दोश्रो चरणको निर्वाचन जेठ ३१ गते गर्न सरकार दृढ रहेको र निर्वाचनमा सबैको सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

नीति तथा कार्यक्रममा दोश्रो चरणको निर्वाचन अघि नै जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण अर्थतन्त्रमा भएको वृद्धिलाई स्थायित्व दिदै  चालु आर्थिक वर्षकै कार्यक्रमहरुलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिइने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा भूकम्प प्रभावित जिल्लाहरुमा स्थानीय तहलाई सहभागी गराई पुनर्निर्माण र नवनिर्माणलाई तीव्रता दिइने, सार्वजनिक– निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाइने, कर र भन्सार व्यवस्थामा थप सुधार गरिने, पूँजी बजारको विस्तारलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणमा तीव्रता दिने, लोडसेडिङको अन्त्य गर्दै उज्यालो नेपाल बनाउने, वैकल्पिक उर्जामा जोड दिने, कृषिको आधुनिकीकरण गरी प्रमुख बालीमा आत्मनिर्भर बनाउने नीति सरकारले लिने राष्ट्रपति भण्डारीले बताउनुभयो ।

नीति तथा कार्यक्रमले पूर्व पश्चिम रेलमार्ग, सुरुङ मार्ग, मेट्रो र रज्जुमार्ग तथा राष्ट्रिय लोकमार्ग र प्रदेश मार्ग निर्धारण गरी स्थानीय तहसम्म कम्तिमा न्यूनतम मापदण्डको सडक पुर्याउने, आर्थिक समृद्धिको आधारमा गतिशील शहरको निर्माण गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गौरवका विमानस्थलहरुको स्तरोन्नति र निर्माण गर्ने उल्लेख गरिएको छ ।

वातावरणमैत्री विकास, वन–जंगलको संरक्षणका लागि गुरुयोजना तयार गरी कार्यान्वयन, उत्पादनमूलक रोजगारीको अवसरको सिर्जना, आधारभूत तहसम्म निःशुल्क शिक्षा, प्रदेशमा विश्वविद्यालयको स्थापनामा प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने, व्यापार, लगानी, पर्यटन तथा श्रम क्षेत्रमा लगानी बढाउन आर्थिक कुटनीतिमा जोड दिने, परराष्ट्र नीतिमा बदलिँदो परिस्थिति अनुसार परिमार्जन गर्ने, सार्वजनिक निकायलाई भ्रष्टाचारमुक्त बनाउने र भ्रष्टचारमा शुन्य सहनशीलताको नीति अपनाउने विषय रहेको छ ।

राष्ट्रपति सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न पुग्नुहँुदा उहाँलाई सभामुख ओनसरी घर्ती, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसद सचिवालयका महासचिवले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web