प्रतिवन्धित भारु ओसार पसार गर्ने भारतीय पक्राउ

जेष्ठ १०, २०७४ मा प्रकाशित | 960 views

काठमाडौं ।

प्रतिबन्धित ५०० र एक हजार दरका ५० लाख ५० हजार भारतीय रुपैयाँसहित ओसार पसार गर्ने गिरोहका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत हरियाणा घर भई बुढानीलकण्ठ नगरपालिका–२ बस्ने किरण बर्मा भन्ने किरणकुमार सोनी र अनिलकुमार सोनीलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

हाल भारतले प्रतिबन्ध लगाएको भारु पाँचसय र एक हजारका नोटहरू विभिन्न नाकाहरू हुँदै अवैध तरिकाले नेपालमा भित्राई काठमाडौँलगायत विभिन्न स्थानहरूमा कारोबार भइरहेको सुराकीका आधारमा ब्युरोबाट अनुसन्धानमा खटिएको प्रहरीले किरणकुमारको डेराबाट सो रकम बरामद गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web