काठमाडौं ।

प्रमुख दलका शीर्ष नेताबीच आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारद्वारा बजेटको तयारीका बारेमा शीर्ष नेतालाई जानकारी गराइएको थियो ।

स्थानीय तहको दोश्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर आचार संहिता प्रभावित नहुने गरी पूर्ण आकारकै बजेट ल्याउने सम्बन्धमा जानकारी गराईएको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बताउनुभयो ।

पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउन नहुने, आचार संहिता उल्लंघन हुने गरी बजेठ ल्याउन नहुने आफ्नो अडान रहेको बताउनुभयो ।

स्मरणीय छ यसअघिनै निर्वाचन आयोगले सरकारलाई निर्वाचन सम्पन्न नहुञ्जेल बजेट ल्याउन नमिल्ने भन्दै नयाँ बजेट ल्याउनु निर्वाचन आचार संहित उल्लंघन हुने बताइसकेको छ ।

15.75¡ÆC