भूकम्पप्रभावितलाई निर्ब्याजी ३ लाख ऋण

जेष्ठ ९, २०७४ मा प्रकाशित | 929 views

काठमाडौं,जेठ ९ । भूकम्पप्रभावितले आवास निर्माणका लागि सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्। चालु आथिएक वर्षको बजेटमा उल्लेख भएको ‘विपन्न वर्गमा रहेका भूकम्पपीडितलाई सामूहिक जमानीमा निर्ब्याजी ऋण दिने व्यवस्था’ करिब एक वर्षपछि मात्र कार्यान्वयनमा आएको हो।

गत साता मन्त्रिपरिषद्ले ‘भूकम्पपीडितहरूको घर निर्माणका लागि सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि ०७४’ स्वीकृत गरेपछि भूकम्पप्रभावितले ऋण पाउने बाटो खुलेको हो। भूकम्पप्रभावितलाई निर्ब्याजी ऋण दिने घोषणा धेरै अघि भए पनि कार्यविधि नबन्दा कार्यन्यवयनमा आउन नसकेको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले बताए।

उनले भने, ‘अब पीडितहरूले निजी आवास निर्माण लागि विनाब्याजमा अधिकतम थप ३ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। कार्यविधिमा खासगरी न्यून आय भएका र सामाजिक रूपमा पिछडिएका साना किसान,कालिगढ, मजदुर र भूमिहीन परिवारलाई लक्षित गरिएको छ। विपन्न वर्गको परिभाषामा पर्ने त्यस्ता भूकम्पपीडितहरूले राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त क, ख, ग र घ वर्गका बैंक तथा बैंक तथा वित्तीय संस्थाबाट ३ लाख रुपैयाँसम्म निब्र्याजी ऋण लिन सक्नेछन्।

यस्तो ऋण प्राप्त गर्न कार्यविधिमा विभिन्न सर्त तोकिएको छ। तीमध्येऋणी तथा तथा पीडितको परिवारमा बस्नयोग्य आवासीय घर नभएको र नेपाल सरकारले जारी गरेको भूकम्पपीडित  परिचयपत्र हुनुपर्नेछ। यो कर्जा प्रदान गर्न बैंक वा वित्तीय संस्थाले ऋणीसँग कुनै प्रकारको ब्याज वा शुल्क लिन पाउने छैनन्। सामूहिक जमानीमा निर्ब्याजी प्रवाह गरिने यो ऋण अनिवार्य रूपले कर्जा सु।क्षण निगमबाट सुरक्षण गरिएको हुनुपर्नेछ। कर्जाको भुक्तानी अवधि कम्तीमा ३ वर्ष र बढीमा ५ हुने कार्यविधिमा उल्लेख छ। आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web