अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई चार स्वर्ण, तीन रजत र दुई कास्य

जेष्ठ ७, २०७४ मा प्रकाशित | 886 views

नयाँदिल्ली ।

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली तेक्वान्दो टोलीले चार स्वर्ण, तीन रजत र दुई कास्य सहित कुल ९ पदक जित्न सफल भएका छ ।

भारतको अमृतसरमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका मोहम्मद कलिमउल्लाह मिया, सब्बिर रावल, अब्बास खान र आशिष सुबेदीले स्वर्ण पदक प्राप्त गरेका थिए ।

चारै जना खेलाडिले पुम्सेतर्फ स्वर्ण पदक हात पारेको नेपाली टोलीका प्रशिक्षक रोशन खानले आईतबार जानकारी दिनुभयो ।

पुरुषको पुम्सेमा दिपेन्द्र नेपाली, सितल पर्जा र प्रवेश पन्डितले रजत पदक प्राप्त गरेका थिए ।

यसैगरि प्रतिक पाठक र मोहम्मद उमर खानले सेमीफाइनलको यात्रा तय गर्दाै काँस्य पदक हात पारेका थिए ।

चितवन जिल्ला तेक्वान्दो कार्यसमितीका उपाध्यक्ष समेत रहनु भएका प्रशिक्षक रोशन खान नेतृत्वमा ११ जना पुरुष खेलाडीले अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web