पाल्पा ।

जलवायु प्रकोपबाट कृषिक्षेत्रमा हुन सक्ने क्षति न्यूनीकरणमा सहजताको लागि पाल्पाका किसानलाई मोबाइल फोन वितरण गरिएको छ ।

नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन इकाइद्धारा जिल्लाका ४३ वटा सक्रिय कृषक समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका लागि मोबाइल फोन वितरण गरिएको हो ।

किसानहरुलाई जानकारीमूलक प्रोडक्टका प्रचारप्रसार, उत्पादन वृद्धिका लागि कृषि जलवायु तथा प्रविधिजडित जानकारीमूलक कृषि एप्स सहितको मोबाईल फोनसंगै मोबाइल रेनगेज, तापक्रम नाप्ने थर्ममिटर वितरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी सामाग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको छ ।

आयोजनाका निर्देशक विष्णुप्रसाद घिमिरेले कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रम अन्तर्गत कृषि मौसम र जलवायुसम्बन्धी जानकारी सहजरुपमा पाउनका लागि सिम कार्डसहित मोबाइल फोन वितरण गरिएको जानकारी दिनुभयो ।

मोबाइलबाट किसानले कृषिसम्बन्धी प्रश्नउत्तर, मौसमका बारेमा जानकारी, सूचना तथा जानकारीको अपडेट, कृषि र किसानको सफलताको कथा लगायतका कुरा मोबाइलबाटै थाहा पाउने बताइएको छ ।

मोवाइल वितरण कार्यक्रममा बोल्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम, स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डे, जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठ, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा प्रदिप शर्माले किसानहरु सूचना प्रविधिसंगै अगाडी बढ्नुपर्ने बताउँदै सूचना प्रविधिलाई प्रयोग गरेर व्यवसायिक कृषि गर्ने हो भने कृषिक्षेत्रले छिट्टै फड्को मार्ने बताउनुभयो ।

21.56¡ÆC