११ महिनामा आयल निगमको नाफा १० अर्ब

जेष्ठ ५, २०७४ मा प्रकाशित | 788 views

११ महिनामा आयल निगमको नाफा १० अर्ब

काठमाडौं,जेठ ५ । नेपाल आयल निगमले करिब १० अर्ब रुफेयाँ नाफा कमाएको छ। निगमले ११ महिनाको अवधिमा सो नाफा कमाएको हो। सञ्चालन खर्च कटाएर अहिलेसम्म करिब १० अर्ब रुपैयाँ कमाएको निमित्त नायब प्रवन्ध निर्देशक नगेन्द्र शाहले बताए। 'गत आर्थिक वर्ष २०७२/०७३ सम्मको  प्रतिवेदनमा एक अर्ब ५४ करोड रुपैयाँ सञ्चित नाफा थियो, १० महिनाको अवधिमा करिब ८ अर्ब रुपैयाँ कमाएको छ।'

स्वाचालित मूल्य प्रणालिमा जाने निर्णय गरेपछि निगमले दुई वर्षको अवधिमा सरकार लगायत विभिन्न वित्तीय संस्थाबाट लिएको ३६ अर्ब रुपैयाँ ऋण तिरेर नाफामा गएको छ। नेपाल आयल निगमले शुक्रबार साधरण सभाको आयोजना गरेको छ। निगमले आर्थिक वर्ष ०७२/७३ को वार्षिक आर्थिक प्रतिवेदन अनुमोदन गर्ने जनाएको छ। निगमले सञ्चालक समितिको अध्यक्ष आपूर्ति सचिव हुने व्यवस्ता छ। आपूर्तिमन्त्री दीपक बोहोराले राजीनामा दिएकाले आन्तरिक रुपमा निगमले साधरण सभा सम्मपन्न गर्ने योजना बनाएको छ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web