धनकुटा ।

मुसलधारे पानीसंगै परेको असिनाले धनकुटाको डाँडाजार र तुंखाका किसानले लगाएको दुई करोड भन्दा बढी तरकारी नष्ट गरेको छ ।

हावाहुरी संगै आएको आसिनाले डाँडाबजारका किसानले लगाएको आलु, काउली नष्ट गरेको स्थानीय पलक बस्नेतले बताउनुभयो ।

असिनाले डाँडाबजारका करीब ३० घर किसानले लगाएको करीव ४० लाख बराबरको तरकारी नष्ट बस्नेतले जानकारी दिनुभयो ।

असिनकको कारण तरकारी नष्ट भएपछि किसानहरुको जीवन चलाउने आम्दानीको मुख्य स्रोत नै सकिएको बस्नेतको भनाईछ ।

त्यसैगरी डाँडाबजारको तुंखा गाउँमा पनि असिनाले क्षति पुगेको छ । करीब १३० घरले लगाएको तरकारी बालीमा क्षती पुगेको छ । असिनाले गोलभेडा, अकबरे खोर्सानी र काउलीका विरुवा नष्ट गरेको स्थानीय किसान विष्णु लिम्बुले बताउनुभयो ।

लिम्बुले रोपेको गोलभेडा र अकबरे खोर्सानी नष्ट हुँदा ३ लाख घाटा लागेको जानकारी दिनुभयो ।

यसका साथै असिनाले लाप्चेटार, ओख्रे, नाम्जे लगायतको गाउँका किसानले रोपको तरकारी समेत असिनाले क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । असिनाबाट पुगेको क्षतिको विषयमा किसानहरुले राहतको माग गरेका छन् । किसानहरुको माग आएपछि क्षतिको विवरण संकलन गर्न जिल्ला कृषि विकास कार्यालयले भेडेटार सेवा केन्द्रबाट कृषि प्राविधिक टोली पठाएको छ ।

उक्त टोलीले क्षतिको एकिन तथ्याङ्क संकलन गर्ने जिल्ला कृषि विकास कार्यालयका ल िसंरक्षण अधिकृत सुर्य सापकोटाले बताउनुभयो ।

16.42¡ÆC