झापा ।

मित्रराष्ट चीन सरकारले दमकमा क्लिन इन्डस्ट्रियल पार्क बनाइदिने भएको छ । चीनले 'वान बेल्ट वान रोड' (ओबर) अन्तर्गत नेपालमा ९० वटा उद्योग रहने पार्क निर्माण गर्ने भएको हो ।

चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार पार्क निर्माणबारे चिनियाँ पक्षसँगको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दमक १० मा ५ सय बिघामा पार्क निर्माण हुने बताइएको छ । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले यसको पुष्टि गर्दै पार्कमा ओबरअन्तर्गत चीनले ३ सय अर्ब रुपैयाँ लगानी गर्ने भएको बताएका छन् ।

पार्कका लागि नेपाल औद्योगिक क्षेत्र विकास लिमिटेडअन्तर्गतको दमक क्लिन इन्डस्ट्रियल पार्क प्रालिले जमिनको व्यवस्था गर्नेछ । सम्झौतामा ओबरलाई जमिन ४० वर्षका लागि लिजमा दिने उल्लेख छ ।

पार्कमा इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत अन्तर्राष्ट्रिय मापदण्डका ९० उद्योग स्थापना हुने अधिकृत दाहालले बताए ।

पार्कभित्रै ४० प्रतिशत खुला क्षेत्र, स्कुल, बैंक, हस्पिटल, सपिङ मल, मजदुर आवाससमेत निर्माण हुनेछन् । पार्क निर्माणबारे आगामी साउनदेखि विस्तृत अध्ययन सुरु गर्ने चिनियाँ पक्षले जनाएको छ ।

चीनले विशेष गरी नेपाल, भारत, बंगलादेश र म्यानमारको बजारमा आफ्नो पहुँच विस्तार गर्न दमकमा इन्डस्ट्रियल पार्क निर्माण गर्न लागेको अधिकृत दाहालले बताए । उनका अनुसार पार्क निर्माण भए करिब एक लाखले रोजगारी पाउनेछन् । दाहालले पार्कका लागि करिब दुई सय बिघा जमिन प्राप्त भइसकेको र बाँकी तीन सय बिघा जमिन अधिग्रहण गर्नुपर्ने बताए ।

औद्योगिक पार्कका लागि हाल रतुवा खोलामा पुल निर्माणको काम समेत भइरहेको छ ।

विस्तृत अध्ययनलगत्तै रतुवा खोलामा तटबन्धको काम समेत सुरु गरिने भएको छ ।

17.16¡ÆC