कोरियामा दुई नेपालीको बंगुरको पिसाब ट्यांकी सफा गर्ने क्रममा मृत्यु

बैशाख ३०, २०७४ मा प्रकाशित | 1912 views

सोल ।

प्रशिक्षार्थी कामदारको रुपमा दक्षिण कोरिया आएका आएका दुई नेपाली युवाको बंगुरको पिसाब जम्मा हुने ट्यांकी सफा गर्ने क्रममा निसास्सीएर निधन भएको छ ।

दक्षिण कोरियाको थेगु शहरको ख्याङ्सङेबुक्दो नजिकै बंगुर फार्ममा कार्यरत तेज बहादुर गुरुङ र छविलाल चौधरीको निधन भएको हो ।

बंगुरको पिसाब जम्मा गर्ने ट्यांकी सफा गर्ने क्रममा निसास्सिएर बेहोश भएका स्याङ्जा मासकोटका गुरुङ र कैलालीका चौधरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

गुरुङ तीन वर्ष र चौधरी दुई महिना अघि मात्रै रोजगार अनुमति प्रणाली 'इपिएस' मार्फत कोरिया आइपुगेको बुझिएको छ ।

प्राप्त समाचार अनुसार शुक्रबार राति ९ बजेतिर बंगुरको पिसाब जम्मा गर्ने ट्यांकी सफा गर्ने क्रममा एक्कासी बेहोस भएर ट्यांकीभित्रै बेहोश भएको अवस्थामा त्यहाँ कार्यरत अन्य नेपाली देखेपछि बाहिर निकालेका थिए ।

घटनापछि प्रहरीले बंगुर फार्मका मालिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ । उनीहरुको शव आङ्दोङ अस्पतालमा राखिएको छ ।

बंगुरको पिसाब संकलन गरिने ट्यांकीभित्र अक्सिजनको मात्रा कम हुने र विषाक्त ग्यास जम्मा हुने भएकाले निसास्सिएर बेहोश भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web