काबेली र मकालु बैंक गाभियो, साउन १ बाट एकिकृत कारोबार

बैशाख २९, २०७४ मा प्रकाशित | 772 views

धनकुटा ।

धनकुटाको कावेली बिकास बैक संग तेह्रथुमको माउण्ट मकालु डेप्लोपमेन्ट बैक गाभिएको छ ।

बिकास बैकहरुले असार मसान्त सम्म अनिवार्य ५० करोड चुक्ता पूूूूँजी बनाउनुपर्ने नेपाल राष्ट बैंकको नीति अनुसार एकल रुपमा उक्त शर्त पुरा गर्न नसकेपछि  दुबै बैक गाभिएका हुन् ।

समझदारी पत्रमा काबेली बैंकका अध्यक्ष गोपाल प्रसाद काफ्ले र मकालु बैकका अध्यक्ष हरिकृष्ण निरौलाले पत्रकार सम्मेलन गरेर साझेदारी–पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति पछि केन्द्रिय कार्यालय धनकुटामा रहने,बैकको नाम काबेली बिकास बैक र अध्यक्ष समेत काबेलीकै रहने दुबै बैंकले संयुक्त बिज्ञप्ती जारी गरेका छन् ।

काबेलीको कुल १५ करोड ९९ हजार २ सय र मकालुको ११ करोड २७ लाख ४० हजार सहित कुल २६ करोड २८ लाख २९ हजार २ सय कुल पँजीमा बैंक गाभिएको छ ।

राष्ट बैंकको नीति अनुसार ५० करोडमा अपुग २३ करोड ७१ लाख ६० हजार ८ सय आगामी बिशेष साधारण–सभाबाट शेयर जारी गरेर पु¥याउने छ । दुबै बैकले साउन १ गतेबाट  एकिकृत कारोबार शुरु गर्ने जनाएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web