१५ बर्षअघि स्थानिय निर्वाचन माग गरेको अहिले पुरा भयो-बिजुक्छे

बैशाख २८, २०७४ मा प्रकाशित | 730 views

भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपाले १५ वर्ष अगाडि नै स्थानीय तहको चुनाव गर्न माग गरेपनि अहिले आएर पुरा भएको बताउनुभएको छ ।

भक्तपुरको दत्तात्रयमा आज आयोजना गरेको नेमकिपाको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले दुबै चरणको निर्वाचन सकिएपछि मात्र बजेट ल्याउनुपर्ने बताउनुभयो ।

निर्वाचन अगाडि बजेट प्रस्तुत गरिए बजेट विनियोजनको प्रलोभन देखाई निर्वाचनमा धाँधली हुनसक्ने बताउनुभयो ।

उहाँले भारतीय विस्तारवाद र नाकाबन्दीेविरुद्ध नेमकिपाले मात्रै संसद र सडकमा आन्दोलन गरेको जिकिर गर्दै ठूला पार्टीहरू भारतको इसारामा चलेको आरोप लगाउनुभयो ।

सरकार आफैले निर्वाचनअघि उपप्रधानमन्त्री र मन्त्रीहरू नियुक्त गरेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उहाँले बताउनु भयो ।

बिजुक्छेले ख्वप विश्वविद्यालय स्थापनासंगै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भक्तपुरमा सुविधासम्पन्न अस्पतालको आवश्यकता औंल्याउँदै उहाँले निकट भविष्यमै नगरपालिकाले २५ शैयाको अस्पताल स्थापना गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web