बैंकहरुद्धारा प्रतिष्पर्धासँगै सामाजिक उत्तरदायीत्वका कार्यक्रम

बैशाख २८, २०७४ मा प्रकाशित | 847 views

पाँचथर ।

ग्राहकसंग  निक्षेप संकलन गर्ने तथा श्रmण प्रवाह जस्ता ब्यबासायीक गतिबिधि गदै आएका निजी क्षेत्रबाट सञ्चालित बाणिज्य बैकको आपसी तिब्र प्रतिष्पर्धासंगै पछिल्लो पटक  सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरर्गत बिभिन्न कार्यहरु गर्न थालेका छन् ।

यसैबीच सोही कार्यक्रम अन्र्तरगत पाँचथर जिल्ला सदरमुकाम फिदिममा शाखा कार्यालय रहेको एनएमबि बैक लिमिटेडले जिल्ला अस्पताल पाँचथरका बिरामीहरुको लागि बुधबार एक कार्यक्रमका बीच २० थान ब्याङकेट बितरण गरेको छ ।

सो बैकले गरेको यसप्रकारको कार्यको कार्यक्रममा उपस्थित बिभिन्न अतिथिहरुले प्रशंसा गरेका थिए । सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर बस्नेत, पुर्बाञ्चल उद्योग बाणिज्य संघका उपाध्यक्ष्ँ शुबराज थापा, जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष शुभराज थापा लगायतका बक्ताहरुले जिल्लामा कार्यक्षेत्र बनाएर सञ्चालित यस्ता बैकहरुले नाफा मात्र कमाउने भन्दा सामाजिक क्षेत्रमा समेत योगदान गर्न सक्नु पर्ने बताउनुभएको थियो ।

सो कार्यक्रममा एनएमबि बैक शाखा कार्यालय फिदिम शाखा प्रबन्धक रचना पराजुलीले सो बैकले सामाजिक उत्तरदायित्वका कार्यक्रम आगमी दिनमा पनि गदै जाने बताउनुभयो । यसअधि जिल्ला अस्पताल पाँचथरको फुलबारी ब्यबस्थापन गर्न जिल्ला सदरमुकाम फिदिममा शाखा कार्यालय सञ्चालन गदै आएको माच्छापुच्छ बैकले पनि सामाजिक उत्तरदायीत्व अन्र्तरगर्त सहयोग गरेको थियो ।

जिल्ला सदरमुकाम फिदिममा मात्र बाणिज्य बैक, तथा बिभिन्न वर्गका बित्तिय संस्थाहरुको संख्या करिब एक दर्जन रहेको छ । उनीहरुबीच लगानी तथा निक्षेप संकलनमा आर्कषक योजनासहित प्रतिष्पर्धा बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web