काँकडभिट्टा नाकाबाट नेपाल आउने पर्यटकको संख्यामा बृद्धि

बैशाख २७, २०७४ मा प्रकाशित | 793 views

काकडभिट्टा ।

सन् २०१६ को तुलनामा यसवर्ष पूर्वीनाका काँकरभिट्टा हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

गतवर्ष जनवरीदेखि अप्रिलसम्ममा करिब दुई हजार पर्यटक त्यस नाकाबाट नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा तीन हजार ६०० पर्यटक भित्रिएको काँकरभिट्टास्थित पर्यटन कार्यालयका प्रमुख गणेशप्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।

सन् २०१६ मा काँकरभिट्टा नाका हुँदै ६ हजार दुई सय पाँच पर्यटक भित्रिएका थिए ।

जसमा सबैैभन्दा बढी दुई हजार चारसय बङ्गाली, ७३१ अमेरिकी र अन्य विभिन्न मुलुकका दुई हजार ८७४ पर्यटक भित्रिएका थिए ।

गत वर्षभन्दा यसवर्ष काँकरभिट्टा नाकाबाट पर्यटक आगमनमा ५० प्रतिशत वृद्धि हुने अनुमान गरिएको पर्यटन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web