पाँच करोड अवैध रकमसहित चिनिया पक्राउ

बैशाख २७, २०७४ मा प्रकाशित | 667 views

काठमाडौं ।

करिब ५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित ६ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले आज काठमाडौंको नागढुंगाबाट पर्यटक गाडीसँगै चार करोड ७५ लाख ६० हजार रुपैयाँ बराबरको विभिन्न देशका मुद्रासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चिनियाँहरुबाट अमेरिकी डलर तीन लाख ४९ हजार, युरो ६८ हजार, चिनिया युआन १४ हजार ४००, जापानी येन ३१ लाख, स्वीस फ्र्यान्क दुई हजार दुई सय, अस्ट्रेलियन डलर एक हजार ४००, स्टर्लिङ पाउण्ड एक हजार १०० र नेपाली रु २४ हजार ६०० बरामद गरिएको प्रहरीले जनाएको छ ।

महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले काठमाडौँबाट गल्छी, रसुवागढी हुँदै चीनको केरुङ जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web