वान बेल्ट वान रोड मा नेपालले हस्ताक्षर गर्ने

बैशाख २५, २०७४ मा प्रकाशित | 820 views

काठमाडौं ।

चीन सरकारले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा नेपालले हस्ताक्षर गर्ने भएको छ ।

आजको मन्त्रीपरिषद् बैठकले चीनबाट नेपाल भारत हुँदै यूरोप जोड्ने उक्त सडक परियोजनाको समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।

बैठकले त्यसका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्ण बहादुर महरा नेतृत्वको टोलीलाई चीन पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद बैठकले उपत्यकामा भएको बढ्दो चाप घटाई व्यवस्थित बसोबासका लागि काठमाडौं उपत्यकाको चारैतर्फ नयाँ व्यवस्थित सहर निर्माण गर्ने पनि निर्णय गरेको छ ।

बैठकले राजविराजलगायतका स्थानमा मधेश आन्दोलनमा मारिएका सञ्जन महतो, आनन्द शाह, पीताम्बरलाल मण्डल, वीरेन्द्र महतो र किरण यादव, मोरङमा मारिएका वन रक्षक गणेशबहादुर शाहीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २९ गतेदेखि थाइल्याण्ड र श्रीलंकाको राजकीय भ्रमण गर्नुहुने र भ्रमण कार्यक्रमलाई  मन्त्रिपरिषदले स्वीकृति प्रदान गरेको छ ।

बैठकले दक्षिण अमेरिकी मुलुक एल साल्भाडोरसँग कूटनैतिक सम्बन्ध स्थापनाको निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web