काठमाडौं ।

सरकारी स्वामित्वको नेपाल औषधि उद्योग लिमिटेडले आजदेखि औषधि उत्पादन थालेको छ ।

आइतबारदेखि जीवनजल उत्पादन थालिएको नेपाल औषधि उद्योग लिमिटेडले जनाएको छ ।

गुड म्यानुफ्याक्चरिङ प्रोडक्सन् 'जिएमपी' प्रबिधिबाट औषधि उत्पादन गर्नको लागि उद्योगले आवश्यक भौतिक संरचनाको निर्माण गरिसकेको छ ।

आजबाट जिवनजलको उत्पादन थालेको उद्योगले ट्याब्लेट बनाउने मेसिन खरिदका लागि टेण्डर निकालिसकेको छ ।

पुनः उत्पादन थाल्नको लागि अर्थमन्त्रालयले केहि महिनाअघि उद्योगलाई ६ करोड ४८ लाख रकम उपलब्ध गराएपछि बन्द अवस्थामा पुगेको उद्योग सञ्चालनमा आएको हो ।

यस वर्षका लागि १२ करोड रकम दिनेभनेपनि उत्पादन नथाली बसेको हुँदा अर्थमन्त्रालयले ६ करोड मात्रै रकम दिएको थियो ।

ट्याब्लेट बनाउने मेसिन ल्याएसँगै सिटामोलको उत्पादन थालिने बताइएको छ । पहिलो चरणमा सरकारले देशभर निशुल्क रुपमा उपलब्ध गराएकामध्ये ८ प्रकारका औषधि उत्पादन गर्ने तयारी उद्योगले राखेको छ ।

०२९ सालमा स्थापना भएको यो उद्योग विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा नभएपछि ०६७ सालदेखि पूर्ण रुपमा बन्द भएको थियो । लामो समयसम्म उद्योग बन्द रहँदा लिमिटेड अहिले ऋणमा छ ।

बन्द हुनुअघिसम्म उद्योगले एक सय ५० प्रकारका औषधी उत्पादन गर्दै आएको थियो । यस उद्योगमा अहिले कविर ९० जना कर्मचारी रहेका छन् ।

14.93¡ÆC