सुर्खेत ।

हुम्लामा खाद्यन्न अपुग भएपछि नेपाल खाद्य संस्थान सुर्खेतले ढुवानी शुरु गरेको छ ।

निजी विमान सेवाले ढुवानी गर्न आलटल गरेपछि संस्थानले नेपाली सेनाको स्काइ ट्रक मार्फत शुक्रबारदेखि खाद्यान्न ढुवानी शुरु गरेको हो ।

कर्णालीका विभिन्न जिल्लामा नियमित ढुवानी गर्दै आईरहेका निजी विमान सेवा कम्पनीहरु लुक्लातिर पर्यटक ओसार्न व्यस्त भएपछि हुम्लामा ढुवानी प्रभावित भई खाद्यान्न अभाव भएको हो ।

वार्षिक ढुवानी लक्ष्यसँगै चुनाव पनि नजिकिएकाले स्काई ट्रकको निर्णय भएको खाद्य संस्थान शाखा सुर्खेतका प्रबन्धक भिमबहादुर थापाले बताउनु भयो ।

उहाँले अघिल्लो शनिबारदेखि शुरु भएको ढुवानी शुक्रबारसम्म दुई सय क्विन्टल चामल ढुवानी भईसकेको जानकारी दिनु भयो ।

हुम्ला सदरमुकाममा २५ सय क्विन्टल ढुवानी गरिने छ ।

17.16¡ÆC