पाँचथरमा जलविद्युत आयोजनामा ६ हजारले रोजगारी पाए

बैशाख २०, २०७४ मा प्रकाशित | 997 views

पाँचथर ।

जलविद्युत आयोजना निर्माणको कामले तिब्रता पाउँदा पाँचथरमा ६ हजार बढी सर्वसाधाराणहरुले रोजगारी पाएका छन् । जिल्लामा निर्माणाधिन चार जलबिद्युत आयोजनामा स्थानिय करिव साढे ६ हजारले रोजगारी पाउनुका सथै आम्दानी पनि लिदै आएका छन् ।  उनीहरुले हाइड्र कम्पनीहरु रोजगारीको विकल्प भएको बताएका छन् ।

रोजगारीका लागि ठुलो खर्च गरेर बिदेश पलायन हुनुपर्ने सर्बसाधरणको बाध्यता समेत टरेको उनिहरुको भनाइ छ । तर आयोजनाको काम दिर्घकालिन नहुने भन्दै चिन्तीत पनि देखिएका छन् । एउटा जलबिद्युत आयोजनामा २ बर्षदेखि ३ बर्षसम्म काम पाउने गरेकाछन् । उनीहरुले दैनिक श्रम गरेबापत प्रतिव्याक्ती ६ सयदेखि २५ सय रुपैयासम्म पारिश्रमिक पाउदै आएकाछन् ।

स्थनिय कामदार कमन सीं खत्रीले हाइड्रो पावर आयोजनाहरु रोजगारीको लागि विदेशीनु नपर्ने विकल्प भएको बताउनु भयो । उहाँले भन्नुभयो काम नपाएर विदेशीने चलन बढिरहेका बेला स्थानिय वेरोजगार यूवा तथा बयस्कलाई हाइड्रोले रोजगारीको अवसर दिएको छ । कमाउने बाटो भएको छ ।

३७ गेगावाटको काबेली ए आयोजनामा काम गर्दै आयनुभएका अर्का कामदार कमल रानाले हाइड्रो कम्पनीले सन्तोषजनक पारिश्रमिक दिदै आएको बताउनु भयो । उहाँले बेरोजगारीको विकल्प भए पनि आयोजनाका काम दिर्घकालिन नहुने बताउनु भयो । रानाले यस्ता आयोजनाहरुले निरन्तरता पाए यूवा जनशक्तीको पनि ब्यवस्थापन हुने बताउनु भयो ।

जिल्लामा ३७ गेगावाटको काबेली ए, २५ मेगावाटको काबेली बि वान, २१ मेगावाटको तल्लो हेवाखोला  र १० मेगावाटको इवा जलबिद्युत आयोजना निर्माणधिन छन् । जलबिद्युत निर्माणले स्थानीय स्तरमा काम गर्ने अवसर सृजना हुनका साथै उनीहरुको सिप बिकासमा समेत सहयोगथ पुगेको कामदारहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web