अर्थ समितिमा उदयले सोध-‘एनसेलको करका विषयमा हामीले किन छलफल नगरेको ?’

जेष्ठ ११, २०७३ मा प्रकाशित | 5380 views

११ जेठ, काठमाडौं ।
नेपाली काँग्रेसका युवा नेता उदय शम्शेर राणाले संसदको अर्थ समितिमा अर्बौं रुपैयाँ कर छल्ने एनसेलका विषयमा छलफल गर्न माग गरेका छन् ।

तीन वटा विधेयकमाथि छलफल गर्न मंगलबार बसेको समितिमा सांसद राणाले एनसेल कर छलीबारे छलफलको माग सहित यो विषयमा अर्थ समितिले छलफल नगर्नुको कारण समेत मागे ।

राणाले भने-'एनसेलको करका विषयमा हामीले किन छलफल नगरेको ?'

अकस्मात राणाले एनसेल प्रकरणबारे प्रश्न गरेपछि अल्मलिएका एमाले नेता समेत रहेका समितिका संयोजक प्रकाश ज्वालाले अर्थ मन्त्रालयले समय नदिएका कारण छलफल हुन नसकेको जवाफ दिए ।

ज्वालाले एनसेलको कर प्रकरणमा केही प्रगति भएको भन्दै अर्थ मन्त्रालयले केही समय पर्खन भनेकाले उक्त विषयमा छलफल चलाउन नपाएको तर बजेटमा व्यस्त भएकाले अर्थमन्त्रीकै आग्रहमा स्थगित एनसेल कर छली प्रकरणबारे छलफल चलाउने आश्वासन सांसद राणालाई दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web