काठमाडौं ।

व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले कर फछ्र्योट आयोगको नाममा कर छुट दिइएको भन्दै छानबिन प्रक्रिया अगाडि बढाउने भएको छ ।

समितिको बिहिबार बसेको बैठकले कर फछ्र्योट ऐन, २०३३ अनुसार कर छुट दिइएको भन्दै तत्काल कर छुटसम्बन्धी विवरण उपलब्ध गराउन अर्थमन्त्रालय, राजस्व विभाग र तत्कालीन कर फछ्र्योट आयोगका पदाधिकारीलाई निर्देशन दिएको छ ।

आयोग गठन गरेर राज्यलाई प्राप्त हुने राजस्व हिनामिना गरिएको र केही व्यक्तिलाई मात्रै फाइदा पु¥याउनेतर्फ लागिएको भन्दै समितिले कुनै पनि प्रकारको छुट दिइनु कानुनी राज्यको समेत उपहास भएको ठहर गरेको छ ।

यसैगरी समितिले सरकारले कर फछ्र्योटका लागि आयोगलाई दिएको कार्यदेश र त्यसले गरेका काम कारबाहीको प्रतिवेदनसहितको विस्तृत विवरण पनि दुई साताभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

19.29¡ÆC