काठमाडौं ।

रुसले लगानी गर्न इच्छा व्यक्त गर्दा गर्दै कमिशनको लोभमा उद्योग मन्त्री नविन्द्रराज जोशीले सभापति शेरबहादुर देउवाको ठाडो निर्देशनमा वीरगञ्ज चिनी कारखाना र बुटवल धागो उद्योग बेचेका छन् ।

यी दुबै उद्योग भाडामा चलाउन दिने भनेर भाडामा लिने र नेपाली कांग्रेसलाई लाभ हुने निर्णय गरिएको आरोप लाग्न थालेको छ ।

पहिले पनि गिरिजाप्रसादको पालामा विदेशीले उपहारमा बनाइदिएको उद्योगहरु निजीकरण गरेर देशलाई घाटा पुर्याएर लाखौं कामदारलाई बेरोजगार बनाएको आरोप नेपाली काँग्रेसले खेप्दै आएको छ ।

व्यापक विरोध भए पनि तत्कालीन समयमा बाँसबारी छाला जुत्ता कारखानादेखि हरिशिद्धि इट्टा टायल कारखानासम्मका करिव एक दर्जन राज्यका उद्योग बेचिएको थियो ।

ती कुनै पनि उद्योग नचलेको भन्दै अन्तत बचियो र जग्गा समेत बेचेर सरकारलाई घाटा पुर्याउने काम विगतमा भएका छन् ।

मन्त्री बने लगत्तै बन्द सरकारी उद्योगहरु खुलाउने भन्दै प्रचारमा आएका जोशीले दुई सरकारी उद्योग बेचेपछि उनको चर्को आलोचना हुन थालेको छ ।

यसअघि काठमाडौं कलंकी थानकोट सडक विस्तारका क्रममा समेत मन्त्री पदको दूरुपयोग गर्दै कार्यकर्ताका घर भत्किने भएपछि सडक विस्तार अवरोध गरेका नविन्द्रराज जोशी एकपछि अर्को गर्दै बदनाम हुन थालेका छन् ।

15.65¡ÆC