काठमाडौं ।

संकटा क्लब प्रथम विशाल स्मृती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बीरगन्ज रंगशालामा शनिबार भएको उद्घाटन खेलमा संकटा क्लबले सशस्त्र प्रहरीको ए पि यफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सेमि–फाईनलको यात्रा तय गरेको हाम्रा बीरगन्ज समाचारदाता धु्रव अधिकारीले जनाएका छन् ।

संकटाका लागि राज पौडेलले खेलको ४३ औँ मिनेट र पहिलो हाफाको ईन्जुरी समयमा दुवै गोल गरेका थिए ।

संकटा क्लबका गोल कर्ता राज पौडेल यस खेलको म्यान अफ दि म्याच घोषित हुन सफल हुँदै ५ हजार रुपैँया प्राप्त गरेका थिए ।

संकटाले आगामी बुधबार हुने पहिले सेमिफाईनलमा नेपाल पुलिस क्लबको सामना गर्ने छ ।

नेपाल पुलिस क्लबले शनिबार भएको उद्घाटन खेलमा आयोजक बीरगन्ज युनाईटेड फुटबल क्लबलाई १÷० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान शुरक्षित पारेको थियो ।

प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो सेमिफाईनका लागि भारतको राजमिल्क फुटबल क्लब अनुपस्थित भए पछि अब जागृती युवा क्लब सिमराले बिजय युथ क्लब हेटौँडा संग खेल्ने तय भएको पनि हाम्रा बीरगन्ज समाचारदाता धु्रव अधिकारीले जनाएका छन् ।

प्रतियोगिताको फाईनल खेल यहि बैशाख १६ गते हुनेछ ।

24.12¡ÆC