काठमाडौं ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः निर्देशन दिनुभएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गर्न के के उपाय अपनाउन सकिन्छ भन्ने विषयमा तयारी गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको थियो ।

मन्त्री शर्माको सो निर्देशनपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका घिसिङले आयोजनामा प्रमुख लगानी गर्ने साझेदारको बैठकसमेत आयोजनास्थलमा नै राख्नुभएको प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।

सो आयोजनामा लगानी गर्ने नेपाल टेलिकम, बिमा संस्थान, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषका प्रमुख तथा प्रतिनिधिसहित आयोजनास्थल पुग्नुभएका कार्यकारी निर्देशक घिसिङले दोस्रोपटक सो निर्देशन दिनुभएको हो ।

कुल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिट २०७५ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएकामा समयभन्दा अगावै सम्पन्न गर्न प्राधिकरणले उपाय खोजिरहेको छ ।

23.22¡ÆC