धनगढी ।

धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग डि पि यल टि २० क्रिकेट प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

धनगढी स्थित अञ्चल प्रहरी कार्यालयको मैदानमा शनिबार फाईनलमा धनगढी टिम चौराहाले बिराटनगर किङ्गस्लाई ६२ रनले पराजित गर्दै उपाधि हात पारेको थियो ।

पहिलो ब्याटिङ्ग गर्दै टिम चौराहाले पुरै २० ओभरमा ५ विकेटको क्षेतीमा १ सय ५९ रन बनाएको थियो ।

टिम चौराहाका लागि आरिफ सेखले सर्वाधिक ५४ रनको योगदान गर्दैक अर्ध सतक पुरा गरेका थिए ।

१ सय ६० रनको विजयी लक्ष्ये पछ््यउने क्रममा बिराटनगर किङ्गस्ले १८।१ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।

यस खेलको प्लेएर अफ दि म्याच घोषित भएका टिम चौराहाका आरिफ सेखले १० रुपैँया प्राप्त गरेका थिए ।

प्रतियोगितामा प्रथम भएको धनगढी टिम चौराहाले १५ लाख र दोस्रो भएको बिराटनगर किङ्गस्ले ७ लाख रुपैँया प्राप्त गरेका थिए ।

यसैगरि म्यान अफ दि सिरिज घोषित भएका बिराटनगर किङ्गस्का शुसिल कंडेलले एउटा २ सय सी सी को आपाचे मोटर साईकल प्राप्त गर्न सफल भएका थिए ।

20.12¡ÆC