भानु बहुमुखी क्याम्पस दोधारा चाँदनीमा स्ववियु निर्वाचन स्थगन

फाल्गुन १७, २०७३ मा प्रकाशित | 1031 views

<p>पप्पु गुरुङ्, १७ फागुन, दोधारा चाँदनी । स्ववियु निर्वाचनको पुर्व सन्ध्यामा दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसमा पनि आज ताला बन्दी भएको छ् । परिस्थिती जन्य कारण र देशको स्ववियु निर्वाचनको द्धष्य र बिद्यार्थीको अस्थित्व र हक अधिकार माथी दमन र रजाई गर्नेका बिरुद्ध एक ठुलो चुनौतीको दिनका लागी ताला बन्दी गरेको अखिल क्रान्तिकारी मुल एकाई कमिटिका का.वा. अध्यक्ष दिलीप रोकाया हस्तारक्षरित बिज्ञप्तीमा भनिएको छ् । देशका महत्वपुर्ण क्याम्पसहरुको सिनियरटी र समसायिक परिस्थिती जन्य बाताबरण स्वरुप भानु बहुमुखी क्याम्पसमा ताला बन्दी गरिएको अखिल नेपाल स्वतन्त्र युनियन (क्रान्तिकारी) जिल्ला समिति मुल ईकाई समिति संयोजक बिरेन्द्र दत्त जोशीले समेतको प्रेस बिज्ञप्ती प्रकाशित गरि आज भानु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको पुर्व सन्ध्यामा निर्वाचन स्थगित गर्न ताला बन्दी गरेको छ् । बिद्यार्थी संगठनहरुले निर्वाचन आचार संहिता उलंघनको साथै आफ्ना उम्मेदवारलाई धम्काउने गरेको कारण स्ववियु निर्वाचन स्थगनको लागी ताला बन्दी गरिएको अखिल क्रान्तिकारी मुल एकाई कमिटिका का.वा. अध्यक्ष दिलीप रोकायाले बताएका छन् । “जिल्लामा निर्वाचन भए भानु बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन्छ्” अखिल क्रान्तिकारी मुल एकाई कमिटिका का.वा. अध्यक्ष दिलीप रोकायाले भने । निर्वाचन समितिले असहज परिस्थिती श्रजना भएको बताउदै निर्वाचन स्थगन गरेको घोषणा गरेको छ् । नेबिसंघ र अनेरास्ववियु बिद्यार्थीहरुले अखिल क्रान्तिकारीले निर्वाचनमा पराजय हुने डरले स्ववियु निर्वाचनमा बाधा हालेको बताएका छन् । भानु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको लागी नेपाल बिद्यार्थी संघबाट सभापती पदमा बसन्ती भण्डारी, अनेरास्ववियुबाट पवन बस्नेत, क्रान्तिकारीबाट मथुरा धामी रहेका छन् । यस्तै सचिवमा नेबिसंघबाट सुरज जोशी, अनेरास्ववियुबाट बिनिता राना, क्रान्तीकारीबाट दिलीप रोकायाले उम्मेदवारी दिएका छन् । यस्तै कोषाध्यक्षमा नेबिसंघबाट बिकास शाही, अनेरास्ववियुबाट प्रकाश सिंह भण्डारी, क्रान्तिकारीबाट सुनिता गिरी रहेका छन् । सदस्यमा नेबिसंघबाट दिनेश ठगुन्ना, ज्योती कुमारी बम, रजनी राना, अनेरास्ववियुबाट लक्ष्मी सुनार, पुनम पाण्डे, कमला साउँद र राजन बस्नेत रहेका छन् । यस्तै क्रान्तिकारीमा दिपीका खत्री र सन्तोष भट्ट रहेको छन् ।&nbsp;</p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web