२ किमि सडक १९ वर्षमा पूरा

माघ २८, २०७३ मा प्रकाशित | 562 views

२८ माघ, बैतडी । बैतडी  सदरमुकामको मुख्य बजार गोठलापानी र शाहीलेक जोड्ने २ किलोमिटरको चक्रपथ उन्नाइस वर्षमा पुरा भएको छ । दशरथचन्द नगरपालिकाले उक्त सडक निर्माण ०५४ सालमा निर्माण थालेको थियो । सडकको ४ सय मिटर क्षेत्रमा स्थानीयबीच विवाद अधुरै रहेको सडक निर्माण कार्य स्थानीयले अगुवाई गरेपछि निर्माण कार्य सम्पन्न भएको हो । गोठलापानीदेखि आइत, बाडीलेक हुँदै शाहीलेक जोड्ने सडक नगरपालिका गठनसँगै सुरु गरेको हो । थोरै बजेट र स्थानीयबीच जग्गा विवादले निर्माण काम हुन सकेको थिएन । निर्माण हुन नसकेको बाडीलेक खण्डको काम हालै सकिएको छ । नगरपालिकाको स्काभेटर र जिविसले डिजल खर्च दिने सर्तमा अधुरो ४ सय मिटर पूरा गरेको स्थानीय जनकराज भट्टले बताउनुभयो शाहीलेकबाट गोठलापानी र झुलाघाट जाने वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न चक्रपथ बनाउन सुरु गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web