केन्याविरुद्ध खेल्न नेपालको प्रारम्भीक टिमः को-को परे उत्कृष्ट २४ मा ?

माघ २७, २०७३ मा प्रकाशित | 847 views

काठमाडौं,माघ २७  । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि कप्तानमा पारस खड्काको नेतृत्वमा २४ जना खेलाडी छानिएका छन्।  आगामी फागुन १ गतेबाट सुरुहुने क्लोज क्याम्पको लागि ५२ खेलाडीलाई राष्ट्रिय टोलीको छनोटका लागि ४ टोलीमा विभाजन गर्दै सुपर लिगको माध्यमबाट २४ खेलाडी छानिएको हुन् ।

खेलाडी छनोटमा आइसिसिको प्रतिनिधि भेनकटपपति राजुको उपस्थितिमा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाको सहभागिता रहेको थियो । खेलाडी छनौट गर्न गएको ६ गतेदेखि ११ गतेसम्म सुपर लिग खेल खेलाइएको थियो । गएको वर्ष खेलाडीले गरेका प्रस्तुतिका आधारमा सुपर लिगका लागि ५२ खेलाडी छनौट भएका थिए ।

राष्ट्रिय टोलीमा पुनरागमनको प्रयासमा रहेका सुवास खकुरेल, नरेश बुढायर, अनिल मण्डल र पृथु बास्कोटा टोलीमा पर्न सकेनन् । यस्तै यू-१९ मा राम्रो प्रदर्शन गरेपनि ललितसिंह भण्डारी, सुशील कँडेल र सोनु तामाङ पनि टोलीमा परेनन् ।

को-को परे उत्कृष्ट २४ मा ?

पारस खड्का

ज्ञानेन्द्र मल्ल

आरिफ शेख

अमित श्रेष्ठ

सुसन भारी

दिलिप नाथ

मेहबुब आलम

करण केसी

आशिफ शेख

सागर पुन

भुवन कार्की

शरद भेषावकर

कुशल भुर्तेल

बिक्रम शोब

शक्ति गौचन

अभिनाश कर्ण

सोमपाल कामी

सुनिल धमला

दिपेन्द्र सिंह ऐरी

बसन्त रेग्मी

दिपेश श्रेष्ठ

राजेश पुलामी मगर

बिनोद भण्डारी

सन्दिप लामिछाने

छनोट भएको

नयाँ सदस्यका रुपमा अमित श्रेष्ठ, दिलिप नाथ, कुशल भुर्तेल र दिपेन्द्र श्रेष्ठ छन् । कुशल र दिपेन्द्र यू-१९ टोलीबाट हुन् भने अमित र दिलिपनाथ घरेलु प्रतियोगिता खेल्दै आएपनि सिनियर टोलीबाट खेलेका छैनन् । यस्तै यू-१९ मा उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सिंह ऐरी पनि टोलीमा पर्न सफल भएका छन् ।  २४ खेलाडीको बन्द प्रशिक्षण फागुन १ गतेबाट सुरु हुनेछ र अन्तिम १४ खेलाडी छनौट गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web