थोत्रा गाडी नहटाउन धर्ममा नाममा संघ खोलेका अगुवा समेत लागे

माघ २४, २०७३ मा प्रकाशित | 968 views

काठमाडौं ।
प्रदुशण र अस्तव्यस्तताको पहिलो कारण बनेको २० बर्ष पुराना थोत्रा गाडी हटाउने सरकारको स्वागतयोग्य निर्णयको बिरोध गरिरहेको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघलाई हिन्दुका नाममा खोलका संगठनमा अगुवाले समेत साथ दिएको पाइएको छ ।

यही फागुन १७ गतेदेखि २० वर्ष पुराना यातायातका साधनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको बिरोध गरिरहेको लोकतान्त्रिकका नाममा अलोकतान्त्रिक माग गरिरहेको संगठनलाई हिन्दु सेना नेपाल, हिन्दु जागरण यूवासंघ जस्ता धार्मिक संगठनले समेत साथ दिएका छन् ।

धर्मको नाममा संगठन खोलेर व्यापारिका गलत मागमा साथ दिएका यि संस्था संगै स्वरोगजार यातायात संघ पनि थोत्रा गाडी काठमाडौंबाट हटाउन नहुने पक्षमा देखिएको छ ।

नेपाल मातृभूमि पार्टी नाममा अस्तित्वमै नदेखिएको दलका अध्यक्ष बताउने ओमप्रकाश विश्वकर्माले सरकारले गरेको निर्णय मजदुरको गाँस खोस्ने खालको भएको आरोप लगाए ।

त्यस्तै नेपाल शिवसेना पार्टीका अध्यक्ष माधवप्रसाद भण्डारीले सरकारले पुराना गाडी विस्थापित् गरेर नयाँ गाडी खरिद गर्ने कार्यमा कमिशन कुम्ल्याउनेतिर लागेको आरोप लगाए पनि उनले थोत्रा गाडीले पारेको असरबारे चुक्क बोलेनन् ।
कार्यक्रममा नेपाल यातायात महिला चालक समुहकी अध्यक्ष मिनाचन्द ठकुरीले पनि २० बर्ष पुराना भएपनि थोत्रा गाडि हटाउन नहुने माग गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web