PM Oli urges Youths to find work at home rather then go abroad

Prime Minister KP Sharma Oli has said the government has prioritised job creation at home.

Inaugurating the 23rd National Convention of the Federation of Nepal Cottage and Small Industries (FNCSI) in the capital city today, PM Oli asserted that the government's policies and programmes as well as the budget were centred on creating employment opportunities within the country itself.

He said through its policies and programmes and the budget, the government has encouraged the youths to start up enterprises and business based on small and cottage industries, tourism and agriculture.

Govt focus now on economic prosperity and constitution implement ion :DPM Thapa

Deputy Prime Minister and Chairman of the Rastriya Prajatantra Party (RPP)-Nepal, Kamal Thapa, has said that the government has focused its attention towards economic prosperity and constitution implementation by resolving country's existing problems.

Talking to media persons at Birtanagar Airport today, DPM Thapa stressed that all political parties should support the constitution implementation and development of the country without unnecessary protests.

DPM Thapa, however, said that the government has been making preparation to hold local bodies' election in November and urged the Nepali Congress to be ready for the same

इमान्दारीता र विश्वासघातको कथा नाटक “अवान्तर”

इमान्दारी, मान्छेको ठूलो दुश्मन हो । यसले भ्रमका देउताहरूसामु आफ्नै बलि माग्छ । कुनै पनि क्षेत्रमा इमान्दारीका साथ आफ्नो कर्म एक चित्त भई गर्नेहरूले नै किन हरेक पटक समस्या भोग्नु पर्छ र ?

किन तिनीहरू प्रति नै यो दुनियाँ औंला ठड्याउँछन् ? कसैको नराम्रो नचिताउनु के अपराध हो र? आफ्नो कला र सिपलाई चुस्त बनाउनु के अपराध हो ? आफ्ना सपना र रहरहरूको पटक पटक आहुति दिएर आफ्नो कर्ममा दत्तचित्त हुनु के पाप हो र? नत्र, यी बन्धन र परिबन्धहरू किन ? यस्तै प्रश्नहरूले जन्माएको हो– नाटक अवान्तर ।

विहिवारबाट काठमाडौँको सुन्धारा काठमाडौँ मलमा अवस्थित थियटर मलमा प्रदर्शन सुरु भएको नाटक अवान्तर पहिलो शोबाट नै दर्शकको मन जित्न सफल बनेको छ । रंगमञ्चमा को दुनियामा रम्न चाहनेहरूको लागि यो नाटक सायद मार्गदर्शन बन्न सक्नेछ ।

राम के.ए.सी. को लेखन, निर्देशन रहेको यस नाटकमा जितेन्द्र खड्का (सिमन),महावीर विश्वकर्मा,केशव रिजाल,कुमार सिम्खडा,एना देउजा,अमृता खनाल,भीष्म जोशी,नेहा पोखरेल,आर.के. तिमल्सिना,परिक्षित बिक्रम राणा,इस्तु कार्की,शंकर भण्डारी, आदिको अभिनय रहेको छ “सपना र यथार्थको अन्तर हामीले बुझेनौं कि बुझ्न चाहेनौं या बुझाउन सकिएन ।

त्यसको खोजको सुरुवात पनि हो, दुनियाँको कथा बाँच्दा बाँच्दै आफ्नै समस्या र पीडालाई प्राथमिकता दिन नसकेका हामी रङ्गकर्मीहरूका समस्याहरूलाई मूलधारमा उनेर इमान्दार पात्रहरू प्रति इतिहासको दृष्टिकोणलाई एक नजर दिने कोसिस गरेको छु, मैले यस नाटक मार्फत् ।” लेखक, निर्देशक राम के.ए.सी.ले वताए ।

डा. व्रतराज आचार्य, मणि थापा र काममा सदैव साथ र सहयोग गर्नुहुने सम्पूर्ण अग्रजहरू, रङ्कर्मी साथीहरू, भाइ बहिनीहरू प्रति विशेष आभार व्यक्त गर्दै के ए सीले यो नाटकले लेख्दा आफ्नो मन, मुटु र जीवनको कथा जस्तो लागेको वताउँछन् ।

भीनमाया प्रजापति (मानन्धर) को भेषभूषा रहेको नाटकमा टीकाभक्त जिरेलको सङ्गीत/कविता वाचन, शिवप्रसाद अधिकारीर रिवाज ब्याण्ड, पाश्र्व सङ्गीत/स्वर। पूर्खाजित राईको मञ्च व्यवस्थापन, सुष्मा कोइराला कोरियोग्राफिरहेको छ भने सुमन कोइरालाको भिडियो,फोटोग्राफिरहेको छ । नाटक आगामी ३२ गतेसम्म साँझ ५:३० वजेबाट (बुधबार बाहेक ) प्रदर्शन हुनेछ । नाटक टिमले आवश्यक सल्लाह सुझाव र प्रतिक्रियाको लागि ९८१३१२१०३४/९८४१५९५९५६ नम्वरमा सिधै सम्पर्क गर्न मिल्ने व्यवस्था मिलाएको बताएको छ ।

News Source:Sulsuleonline

अम्बर गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भारतीय दूतावासले माफी माग्यो

काठमाडौं,जेठ २४ । चिन्ताजनक अवस्थामा उपचाररत अम्बर गुरुङलाई श्रद्धाञ्जली दिएकोमा भारतीय राजदूतावासले माफी मागेको छ। गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै श्रद्धाञ्जली भन्दै स्टाटस राखेको आधा घण्टापछि भारतीय दूतावासले अर्को ट्विट गर्दै माफी मागेको हो।  दूतावासले त्यस आफ्नो अघिल्लो स्टाटसप्रति क्षमा माग्दै सञ्चार माध्यमको समाचारमा भर पर्दा गल्ती हुन गएको बताएको छ। यसअघि  काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका संगीतकार अम्बर गुरुङको निधन भएको हल्लासँगै भारतीय राजदूतावासले श्रद्धाञ्जली दिएको थियो ।

महीनादिन अघिमात्र भारतमा उपचारपछि फर्कनुभएका गुरुङ रोगले च्यापेपछि हप्तादिन अघि अस्पताल भर्ना हुनुभएको छ। उहाँको निधनको हल्ला आज विहान देखि नै फैलिएको थियो । भारतीय दूतावासले त्यसको पृष्टिनै नगरि सोमबार दिउँसो पौने २ बजे राखिएको ट्विटर स्टाटसमा भारतीय दूतावासले लेखेको छ ‘ भारतीय दूतावास प्रसिद्ध नेपाली संगीतकार श्री अम्बर गुरुङको दुखद् निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दछ।’ दूतावासले यो स्टाटस पोस्ट गरेको केहीबेरमा नै डिलिट गरेको छ। अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ राष्ट्रिय गानका सङ्गीतकार उपचाररत हुनुहुन्छ ।

नेपाललाई नेदरल्याण्डको भ्रमणको तयारी थाल्न आईसीसीको निर्देशन

काठमाडौं,जेठ २४ । अन्तराष्ट्रिय त्रिकेट काउन्सिल (आईसीसी) क्यानकी कार्यकारी अधिकृत भावना घिमिरेलाई खेलको तयारी थाल्न निर्देशन दिएको छ । नेपाल क्रिकेट संघ क्यानको निलक्बन पछि नेपाली क्रिकेट आफैंले हेर्न थालेको आईसीसीले  नेदरल्याण्ड टुरको तयारी थाल्न निर्देशन निर्देशन दिएको हो ।  विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तर्गतको नेदरल्याण्डसँग हुने खेलको लागी तयारी थाल्न घिमिरेलाई जिम्मेवारी दिदै पत्र काटेको छ ।

नेपाल क्रिकेट संघ क्यानको रोक्का रकमबाट कटौती हुन सक्ने गरी नेदरल्याण्ड भ्रमणका लागि आवश्यक पर्ने  रकम तथा सेवा सुबिधा आईसीसीले नै उपलब्ध गराउनेछ। आईसीसीले खेलाडी छनोटको जिम्मा राष्ट्रिय टिमका कप्तान पारस खड्का र प्रशिक्षकको जिम्मा जगत टमाटा तथा सल्लाहकारमा भारतका पूर्व खेलाडी राजु बैंकटपतिलाई राखेको छ ।

आईसीसीका ग्लोबल डेभलोपमेन्ट म्यानेजर टिम एण्डरसनले क्रिकेट संघको निर्वाचित समिति, तदर्थ समिति र राष्ट्रिय खेलकुद परिषद् राखेपलाई पठाएको पत्रमा नेदरल्याण्डसँगको खेलका लागि आफ्नो मातहतमा रहेर स्थानीय स्तरमा समन्वय गर्ने जिम्मेवारी सीईओ घिमिरेलाई दिइएको उल्लेख छ ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तर्गत साउन २९ र ३१ गते नेदरल्याण्डसँग उसकै घरेलु मैदानमा खेल्नेछ ।

भारतीय दूतावासको लापरवाही, विरामी अम्बर गुरुङलाई दियो श्रद्धाञ्जली

काठमाडौं,जेठ २४ । वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था जटिल भन्दै गईरहेको बेला भारतीय राजदूतावासले ट्विटरमार्फत श्रद्धाञ्जली दिएको छ ।  काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका संगीतकार अम्बर गुरुङको निधन भएको हल्लासँगै भारतीय राजदूतावासले श्रद्धाञ्जली दिएको हो । महीनादिन अघिमात्र भारतमा उपचारपछि फर्कनुभएका गुरुङ रोगले च्यापेपछि हप्तादिन अघि अस्पताल भर्ना हुनुभएको छ। उहाँको निधनको हल्ला आज विहान देखि नै फैलिएको थियो ।  भारतीय दूतावासले त्यसको पृष्टिनै नगरि सोमबार दिउँसो पौने २ बजे राखिएको ट्विटर स्टाटसमा भारतीय दूतावासले लेखेको छ ' भारतीय दूतावास प्रसिद्ध नेपाली संगीतकार श्री अम्बर गुरुङको दुखद् निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दछ।' दूतावासले यो स्टाटस पोस्ट गरेको केहीबेरमा नै डिलिट गरेको छ। अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ राष्ट्रिय गानका सङ्गीतकार उपचाररत हुनुहुन्छ ।

महिला हत्याको आरोपमा एकै परिवारका ६ जना विरुद्ध उजुरी

जेठ २४, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी २३ बर्षीया रामदुलारी रानाको हत्या गरेको भन्दै एकै परिवारका ६ जना बिरुद्धमा किटानी जाहेरी दिइएको छ । जेठ १८ देखि हराएकी रानाको जेष्ठ २२ गते शव चम्फापुर क्षेत्रको नाला छेउमा सडेको अवस्थामा फेला परेको थियो । मृतक रानाको श्रीमान विदेशमा रहेको र छिमेकी प्रकाश मल्ल वीच नाजायज प्रेम सम्बन्ध रहेको र १७ गते साँझ प्रकाश रानाको घरमा समेत गएर राना संगै बिहे गर्ने बताएको राना परिवारले जनाएको छ । यसै घटनाको आधारमा परिवारले किटानी जाहेरी दिएको बताएका छन । रानाको हत्यानै भएको र दोषीलाई कडा भन्दा कडा कारवाहीको माँग गर्दै महिला अधिकारकर्मीले माँग गर्दै प्रहरी कार्यालय अगाडि प्रर्दशन समेत गरेको छन् । किटानीको आधारमा प्रहरीले अनुसन्धानको लागि दुईजनालाई पक्राउ गरेपनि सार्बजनिक गर्न नमिल्ने जनाएको छ । दोषी देखिए कानुन बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक केदार खनाले बताए ।

दोधारा चाँदनीमा बाघको आतंक

पुष्पा बोहरा, २४ जेठ , कञ्चनपुर ।  कञ्चनपुरको दोधारा चाँदनी २ कमलशा टोलमा केहि दिन देखि बाघले आतंक मञ्चाउन थाले पछि स्थानियहरुमा संत्रास छाएको छ । रातिको समयमा आउने गरेको उक्त बाघको डरले स्थानियहरु घरबाहिर जान समेत डराउने गरेका छन । गए राति स्थानियको दुई वटा बाख्रा बाघले खाए पछि स्थानियहरुमा झन त्रास छाएको छ । स्थानिय किर्ते सिंह पुजारका २ बाख्रा बाघले खाएको स्थानिय खडक रावलले जानकारी दिनुभएको छ । करीब दुई हप्ता देखि उक्त बाघले गाउमा आतंक मञ्चाउदा समेत स्थानिय प्रसासन भने बेखबर रहको स्थानियहरुको गुनासो छ । हप्ता दिन बिति सक्दा पनि उक्त बाघलाई नियन्त्रणमा लिन नसक्नु दुखको कुरा भएको समेत उनिहरुको भनाई छ । रातिको समयमा घर बाहिर जान समेत डर हुने गरेको स्थानियहरुले बताएका छन । यस्तै स्थानियहरुले उक्त बाघलाई चाडै नै नियन्त्रणमा लिन सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन ।

हत्याका फरार अभियुक्त ४४ बर्ष पछि पक्राउ

२४ जेठ, जाजरकोट ।
जाजरकोटमा एक अभियुक्त ४४ बर्ष पछि पक्राउ परेका छन् ।

जिल्लाको भेरीमालिका नगरपालिका २, डिङ्गाका ८० बर्षीय टेकबहादुर थापा ४३ बर्ष पछि पक्राउ परेका छन् ।

जिल्ला अदालत जाजरकोटले ज्यान मार्ने उद्योग मुद्धाका फरार अभियुक्त थापालाई कारागार पठाएको छ ।

थापाले २०२९ सालमा पूर्व जिल्ला पञ्चायत सभापति तप्तबहादुर कार्कीलाई गोली हानेर घाईते बनाएका थिए ।

कार्कीको ज्यान मार्ने उद्योग मुद्धा सम्बन्धि जाहेरीले प्रतिबादी बनेका थापाले जिल्ला अदालतबाट सफाई पाएपनि पुनरावेदन अदालतले भने कसुर ठहर गर्दै १० बर्ष कैद सजायको फैसला गरेको थियो ।

थापा भने पुनारवेदन अदालतको फैसला विरुद्ध सार्वोच्चमा जाने मौका नपाएरै फरार अभियुक्त बनेका थिए ।

पुनरावेदनको फैसला तथा अपील गर्ने म्याद थाह नपाएर सर्वोच्चमा जान नसकेको उनले बताए ।

मध्यमोदी जलविद्युत आयोजनाको काम तीबै गतिमा

२४ जेठ, पर्वत ।
पर्वतस्थित मोदीखोलामा निर्माणाधीन १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी खोला जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण निर्माण सामग्री ढुवानी अभावमा केही समय प्रभावित बनेको आयोजनाको काम पछिल्लो समयमा धमाधम भइरहेको छ । विसं २०७१ फागुनबाट काम सुरु गरेको आयोजनाले अहिले स्थानीयवासीसमक्ष जग्गा खरिद गर्ने काम सँगसँगै टनेल निर्माण कार्यलाई समेत अघि बढाएको छ ।

पर्वतको भुकताङ्ले–१ सेराबेसीमा ड्याम रहने गरी काम सुरु गरेको आयोजनाले दुई हजार आठ सय मिटर टनेल निर्माणमध्ये झन्डै चार सय मिटर सम्पन्न गरिसकेको छ । ड्याम साइड निर्माणतर्फको क्षेत्रलाई पहिलो फेज मानेर सुरुङ निर्माण गरेको आयोजनाले पावर हाउस रहने देउपुरतर्फबाट पनि टनेल निर्माणकार्य अघि बढाउने भएको छ ।

हिमाल हाइड्रो मुख्य निर्माण कम्पनी रहेको उक्त आयोजनामा अहिले ड्याम रहने क्षेत्र र पावर हाउसतर्फको क्षेत्रमा काम भइरहेको आयोजना प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो ।

पर्वतको भुकताङ्ले, देउपुर र तिलाहारसँगै कास्कीको दाङ्सिङ, सल्यान र लुम्ले गाविसलाई मुख्य प्रभावित गाविसका रुपमा सूचीमा राखेर निर्माण भइरहेको आयोजनाले स्थानीयवासीको सहयोगमा निर्माणकार्यलाई तीव्रता दिएको देवकोटाले जानकारी दिनुभयो ।

कुल दुई अर्ब ८० करोड रुपैयाँको लगानी रहेको उक्त आयोजनामा उद्योगपति विनोद चौथरीको मुख्य लगानी रहेको छ भने आयोजना निर्माणका लागि प्राइम बैंकको नेतृत्वमा अन्य वित्तीय संस्थाले समेत लगानी गरेका छन् ।

दाङबाट रोल्पा जाँदै गरेको जिप दुर्घटना, दुईको मृत्यु

२४ जेठ, सल्यान ।
दाङको तुलसीपुरबाट रोल्पातर्फ जाँदै गरेको ग१ज ५५६० नम्बरको जिप आइतबार बेलुका सल्यानको रिम गाविस–८ को खालीमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको मुत्यु भएको छ ।

राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा सल्यान–७ गर्पाकी ९ महिनाकी बालिका सफता बूढा र सोही ठाउँकै ७१ वर्षीया मैती घर्तीको गएराती नै मृत्यु भएको अस्पतालले जानकारी दिएको छ  । क्षमताभन्दा बढी लोड र तीव्र गतिका कारण दुर्घटना भएकोे प्रहरीको अनुमान छ ।

इलाका प्रहरी कार्यालय कपुरकोटका अनुसार सो दुर्घटनामा परी १९ जना घाइते भएका छन् । घाइते हुनेमा जिपका मालिक सल्यान गर्पाका ३३ वर्षीय भीम राना, रोल्पा झेनामका–९ की ३५ वर्षीया मनकली घर्ती, सोही स्थानका ४८ वर्षीया विरमती घर्ती, २८ वर्षीया सीता बगरी, २ वर्षीया जमनी घर्ती, ६ वर्षीया जमनी बगरी र रोल्पा झेनाम–३ का १८ वर्षीय भीम घर्ती रहेका छन् ।

त्यसैगरी रोल्पा झेनाम–९ की ६० वर्षीया जुनी परियार, नुवागाउँ–२ का ५० वर्षीय हरिप्रसाद थापा र रोल्पा–८ बुढागाउँकी २३ वर्षीय सुकबहादुर कामी रहेका छन् । यस्तै बाँके कुसुमका १५ वर्षीय मानवहादुर पुन, सोही स्थानका ५२ वर्षीया मुगी बुढाथोकी, २४ वर्षीया वसन्ती बराल, सल्यान गर्पा–७ का ७२ वर्षीय नोवबहादुर घर्ती, सल्यान धनवाङ–७ की २८ वर्षीया दीपेन्द्र बूढा, पुष्पा रोका सोही ठाउँका ११ वर्षीय सन्तोष रोका र रिमा थापा रहेका छन् ।

घाइते सबैलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि गएराति नै शिक्षण अस्पताल कोहलपुरमा पठाइएको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार रहेका जिप चालकलाई प्रहरीले राति  नियन्त्रणमा लिइसकेको छ ।

लोडसेडिङ घट्यो,अब हप्तामा ९ घण्टा मात्र (नयाँ तालिकासहित)

काठमाडौं,जेठ २४ ।  नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ । नदीहरुमा पानीको जलस्तर बढ्ने क्रम रहेको भन्दै मंगलबारदेखि  लागू हुनेगरि लोडसेडिङ घटाएको हो ।  नयाँ तालिका अनुसार अब हप्तामा ६३ घण्टा लोडसेडिङ हुनेछ । यसरी दैनिक ९ घण्टासम्म विद्युतभार कटौती हुने प्राधिकरणले जनाएकोछ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web