आगलागीबाट १ करोड बढिको क्षति

२६ चैत, कपिलवस्तु ।

अत्यधिक हावाहुरीका कारण आज दिउंसो कपिलवस्तुको कुशहवा गाविस स्थीत १ र २ बडाका १ सय भन्दा बढी घरगोठमा आगलागी हुंदा  झण्डै १ करोड जतिको धनसम्पती जलेर नष्ट भएको स्थानीयवासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र तौलीहवाबाट गएको दमकलले आगो झन्डै ६ घन्टापछि नियन्त्रणमा आएको थियो ।

 

भारतमा बेचिएकी चेली भन्छिन-‘सेठसँग रात बिताए बापत शंकरले १० हजार सम्म लिने गर्थे’

पप्पु गुरुङ- २५ चैत,दोधारा चाँदनी । दोधारा चाँदनीमा बिभिन्न प्रलोभन दिएर बेचिएको भनिएको एक युवती भारतबाट भागेर आफ्नो घर फर्केका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं.२, कालिका टोल निवासी १८ वर्षिय बिपना ठगुन्ना (नाम परिवतर्तन गरिएको) भारतको कर्नाटक, बैगलोर, अन्तराष्ट्रिय बिमानस्थल, हेचल मुकेश पाली एप्पल नेष्ट १३ क्रस १४ स्थितबाट भागेर दोधारा चाँदनी फर्केका छन् । 

पिडित ठगुन्नालाई उनैको छिमेकी अन्ताजी ४१ वर्षिय शंकर धामीले २०६६ सालमा बैगलोरमा राम्रो जागिर दिने भन्दै सुटुक्क बैगलोर पु¥याएको बिपना ठगुन्नाले बताएका छन् । “दिन दिनै म संग भेट गरेर तिम्रो घरमा कमाई गर्ने कोही छैनन् । तिमीले राम्रो काम पाउछौं । म संग बैगलोर हिड्, शंकर दाईले भन्ने गर्थ्यो” बिपना ठगुन्नाले भनिन् ।

“त्यत्तीजेल म १२ वर्षको थिए कक्षा ८ मा पढ्दै थिए” उनले थपिन् । “म पनि शंकर दाई लाई बिश्वास माने ।” रुदै बिपनाले भनिन् । उनलाई बैगलोर लगेर शंकर धामीले प्रेम ठगुन्नाको कोठामा लगेर राखेका थिए । प्रेमको घरमा उनका श्रीमती सिता ठगुन्ना उनका छोरा बिरु र एक छारी रहेको बताईएको छ् । प्रेमको घरमा राखेको एक साता भित्र बिपनालाई शंकरले काम दिलाएका थिए । उनलाई १४ वटा अलग अलग घरहरुमा भाडा माझ्ने काम गरे बाफत मासिक भारतिय रुपि“या २३ हजार हुन आउने गरेको बताएकी छिन् । मासिक दिन नबित्दै शंकर धामी आएर पैसा बुझेर लग्ने गरेको साताको ३ रात ठुला ठुला सेठको ओछ्यानमा लगेर शंकरले छाडेर आउने र राती बिहान पख लिन आउने गरेको बिपनाले बताएकी छिन् । 

एक सेठ संग सुते बाफत शंकरले १० हजार लिने गरेको थियो । शंकर बैगलोरमा ट्रक चालक हो । “नमान्दा नमान्दै कति जना संग सेठको ओछ्यानमा सुत्नु प¥यो । म आफैलाई थाहै छैन् ” बिपनाले भनिन् । आफुले दिन दिनै शंकर, प्रेम लागएत उनलाई श्रम शोषण तथा यौन शोषण गर्दै आएको उनले आरोप लगाएकी छिन् । उनि बैगलोरमा दिन दिनै कुटिएको बताउछिन् । “नरकमा गएको जस्तो भयो ” उनले भनिन्  उनलाई बन्धक बनाएर राखेको बिपनाको भनाई छ् । एक दिन एक सेठको घरमा लग्दै गर्दा शौचालय जान्छु भनेर भागेर बिपना दोधारा चा“दनी पुगेको हुन् । उनलाई बाटोमा एक धनगढीको एक युबकले बनाबासा सम्म पु¥याउन सहयोग गरेको उनको भनाई छ् । उनले आफु माथी श्रम तथा यौन पेशामा धकेल्न खोज्ने बिरुद्ध चाडै मुद्धा दर्ता गरेर कार्वाही गर्ने प्रक्रियाको तयारीमा रहेको बताएका छन् ।

कञ्चपुरका प्रशासकीय अधिकृतले महिला र पुरुष नचिन्दाँ एक व्यक्तिको १० हजार सकियो 

<p style="text-align: justify;">काठमाडौं,बैशाख १ ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुर फाँटको प्रशासकीय अधिकृत शिब दत्त अवस्थीले हस्ताक्षर गरेको नागरिकतामा गम्भिर त्रुटि भेटिएको छ । उच्च ओहदामा बसेर प्रशासनको जिम्मेवारी सम्हालेका एक व्यक्तीले महिला र पुरुष छुट्याउन नसक्का एक अनपढ व्यक्तिको नागरिकताकै कारण  १० हजार सकिएको छ ।  वैदेशिक रोजगारीको शिलशिलाका आफ्नो नागरिकताको दोस्रो प्रतिलिपी बनाउन पुगेका दोधारा ४ का याम बहादुर बोगटीलाई लिङगको ठाँउमा महिला लेखिदिदाँ उहाँले अनावश्यक १० हजार रुपयाँ खर्च गर्नु परेको हो ।  </p>

<p style="text-align: justify;">उहाँ रोजगारीको प्रक्रिया चाल्न लागि काठमाडौं पुगेपछी मात्र उहाँले आफ्नो नागरितामा त्रुटि भेट्नु भएको थियो । रोजगारको सपना बोक्दै हातमा पसपोर्ट र नागरिकता लिएर कञ्चनपुरवाट काठमाडौं गएको ४ दिन पछि पार्सपोर्ट पेश गर्दा नागरिकतामा त्यस्तो देखियो आफु त अनपढ केहि थाहा नै थिएन प्रशासनले नै यस्तो गल्ती गेरेपछि मेरो आउन जान र बसाईको १० हजार खेरै गयो उहाँले टप नेपाल न्युजसँग भन्नु भयो । </p>

कराते टोली दुवई जाने

काठमाडौं,चैत २३ ।  युएईको दुवईमा आयोजना हुने अल अली खुला दुवई कराते २०१६, कराते १ प्रिमियर लिगमा नेपाली कराते टोलीले सहभागिता जनाउने भएको छ । दुवई कराते महासंघको आयोजनामा चैत्र २५ देखि ३० गते सम्म संचालन हुने प्रतियोगितामा मुकुन्द्र महर्जनले ६७ केजी तौल समूहमा र मन्डेकाजी श्रेष्ठले एकल कातामा प्रतिस्पर्धा गर्ने टिम प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए । टोली नेतामा महेश रञ्जित र व्यवस्थापकमा सन्तोष श्रेष्ठ रहेका छन् । टोली बुधबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । एक लाख युएस डलर पुरस्कार राशी रहेको प्रतियोगितामा विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहने प्रशिक्षक श्रेष्ठले बताए ।

पाँच सदस्यीय कराते टोलीलाई एक समारोहविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले मंगबलबार विदाई गरे । टोलीलाई शुभकामना प्रदान गर्दै सदस्य सचिव विष्टले करातेमा विवाद रहेकाले खेल स्तर खस्केको तर्फ ईंगित गर्दै दुई संघ र महासंघको एकिकरणको नजिक पुगेको बताए । विदाई कार्यक्रममा नेपाल कराते महासंघका सदस्य श्रीनिवास बैद्य, प्रमुख प्रशिक्षक महेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

बेनी–जोमसोम सडकमा सिण्डीकेट हटेपछि सवारी आवागमन सहज

२६ चैत, मुस्ताङ ।
ट्याक खुलेको एक दशकपछि हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसंग जोड्ने बेनी–जोमसोम सडकमा स्थानीय यातायात ब्यवसायीको एकाधिकार तोडीन थालेको छ ।

उच्च सरकारी अधिकारी, स्थानीय प्रहरी प्रशासनको पहल, पर्यटन तथा होटल ब्यवसायी र नागरीक समाजबाट सिर्जना भएको तिब्र दवावका कारण विस २०६३ मा ट्याक खुलेको ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा पछिल्लो समय निर्बाध रुपमा सवारी सञ्चालन हुन थालेको छ ।

निजी र पर्यटक गाडीलाई पूर्ण रुपमा सञ्चालन गर्न दिएका स्थानीय यातायात ब्यवसायीले अन्य ठाउँबाट रिजर्भमा आउने सार्वजनीक गाडीहरुलाई भने बिच, बिचमा रोकेर गन्तब्यमा पुग्न नदिने र यात्रुलाई दुख दिने क्रम केही कम भएपनि पूर्ण रुपमा रोकीएको छैन् ।

अघिल्लो वर्षसम्म म्याग्दी र मुस्ताङका यातायात ब्यवसायीले अन्य कुनै पनि सवारी साधनलाई बेनी भन्दा माथि जान दिने गरेका थिएनन् ।

सबै किसीमका सवारी साधनलाई सञ्चालन गर्न सरकारले निर्देशन दिएकाले बाटोमा कुनै अवरोध भए प्रहरीलाई गुनासो गरेको अवस्थामा गन्तब्यमा पुराउने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

विगतमा बदनामी कमाएको बेनी जोमसोम सडकमा स्थानीय यातायात ब्यवसायीको एकाधिकार तोडीन थालेपछि आन्तरीक तथा बाह्य पर्यटकहरुलाई सहज हुनुका साथै आगमन पनि बढेको मुस्ताङ होलीडे ट्राभलका सञ्चालक प्रेम तुलाचनले बताउनुभयो ।

स्थानीय यातायात ब्यवसायीले पनि प्रतिस्पर्धा हुन थालेपछि बेनी र जोमसोमका साथै बागलुङबाट दैनिक तिन वटा र पोखराबाट ६ वटा माइक्रोबस सिधै जोमसोमका लागि छुटाउने गरेका छन् । बेनीबाट प्रत्येक घण्टामा स्तरीय सुबिधायुक्त गाडी छुटाउने तयारी गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिले जनाएको छ ।

महाकाली नदीमा डुबेर एकको ज्यान गयो

पप्पु गुरुङ्, २९ चैत्र, दोधारा चाँदनी ।  महाकाली नदीमा डुबेर युवकको ज्यान गएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ९, ढकनाघाट बस्ने बलदेब साँउदको छोरा वर्ष १७ को  अशोक सिंह साँउदको आज अपरान्ह १: ३० बजे महाकाली नदीमा नुहाउने क्रममा आज डुबेर ज्यान गएको बताईएको छ् । गहुँ काटेर साथीहरु संग महाकाली नदीमा नुहाने क्रममा उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्माले जनाएका छन् ।

 

एसएलसी दिइरहेकी अविवाहित युवतीले बच्चा जन्माएर जंगलमा फालेपछि

२६ चैत, चरिकोट ।
एसएलसी दिंदै गरेकी १८ बर्षीय युवतिले बच्चा जन्माएर जंगलमा फालेकी छिन् ।

ढिलोगरि प्रहरीले सालनालसहित नवजात शिशुलाई अस्पताल पुर्याएपनि बच्चाको निधन हुन पुगेको छ ।
 
प्रहरीले बच्चा जन्माएर फाल्ने भिमेश्वर नगरपालिका १० की वर्ष १८ की प्रमिला विकलाई पक्राउ गरी कर्तब्य ज्यानको मुद्दा चलाएको छ ।

खोर थली सामुदायिक बनमा हिजो प्रहरीले एक नवजात शिशु जिउँदै फेला पारेको थियो । नवजात शिशुको भने आज बिहान उपचारका क्रममा निधन भएको हो ।

जिल्लाको सर्ब माविमा परीक्षा केन्द्र भएपनि प्रहरीले भने स्थानीय प्राथमिक स्वास्थ्थ केन्द्रमा राखेर उनलाई परीक्षा लिने व्यवस्था मिलाएको छ । यद्यपी उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

नेपालको आर्थिक बृद्धि जम्मा ४.८ प्रतिशत हुने !

१८ चैत, काठमाडौं ।
एसियाली विकास बैंकले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

एडिबिले बुधबार काठमाडौंमा एसियाली मुलुकको समग्र विकास परिदृश्य सार्वजनिक गर्दै शक्तिशाली भूकम्पका कारण चालू आर्थिक वर्षमा आर्थिक वृद्धि तीन प्रतिशतमा सीमित भए पनि आगामी आर्थिक वर्षमा गरिने पुनर्निर्माण र व्यापार तथा पारवहनमा हुने सुधारबाट नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने अनुमान गरेको हो ।

भूकम्प र पूर्वाधार निर्माणका अत्यावश्यक वस्तुको आपूर्तिमा विगत केही महिना उत्पन्न अवरोधका कारण थोक तथा खुद्रा व्यापार, यातायात, पर्यटन र आर्थिक सेवा अवरुद्ध हुँदा कुल गार्हस्थ्य उत्पादनमा कमी आएको, प्रतिकूल मौसमले कृषि क्षेत्रको विस्तार खुम्चिएको र ऊर्जा अभावले औद्योगिक क्षेत्रको वृद्धि पनि अपेक्षित रुपमा हुन नसकेको निष्कर्ष बैंकले निकालेको छ ।

कार्यक्रममा एडिबीको नेपालस्थित कार्यालयका राष्ट्रिय निर्देशक केनिची योकोयामाले मानव संशाधन तथा भौतिक पूर्वाधारमा लगानी बृद्धिका साथै जलविद्युत् परियोजना र पुनर्निर्माणका कामलाई तीव्रता दिन सकिए नेपालको आर्थिक वृद्धि बढ्न सक्ने बताउनुभयो ।

ड्रिम्स १७ तारिखमा नागोयामा प्रदर्शन हुँदै, अधिकाशं टिकट अग्रिम बुकिंग

२९ चैत, नागोयो ।
अप्रिल १० तारिखमा राजधानी टोकियोमा ड्रिम्स चलचित्रले तहल्का मच्चाएपछि यो चलचित्र १७ तारिखमा जापानको नागोयामा पनि प्रदर्शन हुने भएको छ ।

नायीकाको रुपमा डेव्यु गरेकी साम्राग्य लक्ष्मीराणा र युवा स्टारडम अनमोल केसी अभिनित चलचित्र ड्रिम्सको नागोया प्रदर्शनको अधिकांश टिकट विक्रि भइसकेको चलचित्र ड्रिम्स नागोया प्रदर्शनको व्यवस्थापन हेरिरहनुभएका रोशन कार्कीले जानकारी दिनुभयो ।

हप्तादिनमै २ करोड बढीको व्यापार सहित नेपालमा सर्वाधिक लोकप्रिय बन्दै रेकर्ड बनाएको चलचित्र ड्रिम्स जापान, कोरिया, अष्टेलिया लगायत देशमा प्रदर्शन भइरहेको छ ।

नयाँ बर्ष २०७३ को अवसर पारेर प्रदर्शन गर्न लागेको चलचित्र नागोयामा नेपालीहरुबिच भेटघाट र शुभकामना आदान प्रदान गर्ने अवसर समेत बन्न पुगेको छ ।

टिकट सकिन लागेको भन्दै नागोया चलचित्र प्रदर्शनको जिम्मेवारी सम्हाल्नु भएका रोशन कार्कीले मात्र तीन हजार जापानी ऐन तोकिएको टिकट तत्काल लिन आग्रह गर्नुभयो ।

नागोयामा चलचित्र ड्रिम्स हिमाशी बुन्का स्योउगेकिज्योउमा प्रदर्शन गरिँदैछ । नागोया डोमे मे यादा स्टेशनबाट हिँडेर मात्र ५ मिनेटमा पुगिने यो ठाउँ मेइजि लाईनको १ नम्वर एक्जिटबाट निक्लनुपर्ने छ ।

नायोगामा अप्रिल १७ तारिखका दिन साँझ ६ बजे चलचित्र प्रदर्शन हुनेछ ।
चलचित्र ड्रिम्स नागोया सँगै १७ तारिखमा नै जापानको थोचीकीमा पनि प्रदर्शन हुँदैछ । यसैगरि त्यसअघि १६ तारिखमा फुकुओका तथा अप्रिल २३ तारिखमै सिओओकामा प्रदर्शन हुने भएको छ ।

जापानकै गुम्बाकेन र सेन्दाईमा ड्रिम्स प्रदर्शन हुने पक्का भइसकेपनि मिति र स्थान तोकिन बाँकी रहेको जापानमा चलचित्र विक्रिको अधिकार पाएको स्टार इन्टरटेनमेन्टले जानकारी दिएको छ ।

नागोयाको लागि सम्पर्क
रोशन कार्की -०८०-९११३-३५७९
टिकट लिन सम्पर्क ठेगानाहरुमा
टिकट पाउने स्थानहरू !
मालति रेस्तुरेन्ट टोयोटा
योक्कची हल्लाल
नागोया हल्लाल
Nishan Rana
Karma Dong Tamang
Sus-Yang Bro-Singar
Tamang Chhabi Lama
Raj Maharjan
Roshan Karki

यो पनि पढ्नुहोस् ।

टोकियोमा ड्रिम्सको तहल्का, आधा दर्जन ठाउँमा प्रदर्शनको तयारी

ड्रिम्स टोकियो नाकानो जेरो हलमा आज साँझ ५ बजे प्रदर्शन हुँदै

जापान ड्रिम्स पर्खाइ सकियो, टोकियो नाकानो जेरो हलमा १० तारिखमा पदर्शन

जापान १० तारिख -अपरान्ह शान्ति पदयात्रा, साँझ लामो पर्खाइपछिको 'ड्रिम्स'

टोकियोमा नेपाल चिनाउने बृहत शान्ति र्याली अप्रिल १० मा

जापानमा ड्रिम्स प्रदर्शनको महिना दिन अघि नै बुक !

नेपालमा ड्रिम्स चम्कंदा जापानमा पर्खाइ बढ्यो

ड्रिम्स प्रदर्शन-टोक्यो सँगै नागोया टिकट पनि सकिन लाग्यो

अमर र आयुषा लिटिल वल्र्ड एम्बेस्डरमा छनोट

भक्तपुर,चैत २७  । जिल्लाको दूधपाटी–१७ मा रहेको लिटिल वल्र्ड माध्यामिक विद्यालयले आफ्ना दुई विद्यार्थी अमर र आयुषालाई ‘लिटिल वल्र्ड एम्बेस्डर’ छनोट गरेको छ । छात्रतर्फ कक्षा ६ मा अध्ययनरत अमरजंग थापा र छात्रातर्फ कक्षा ७ मा अध्ययनरत आयुशा शील्पकारलाई विद्यालयले आगामी शैक्षिक सत्रभरका लागि लिटिल वल्र्ड एम्बेस्डर छनोट गरेको हो ।

२१औँ शताब्धीको शिक्षालाई गुणस्तरीय, व्यवहारिक र समयाअनुकुल बनाउनुपर्ने भन्दै विद्यालयले ती दुई विद्यार्थीलाई विद्यालयको आकर्षणको रूपमा ‘लिटिल वल्र्ड एम्बेस्डर’ नाम दिएर छनोट गरेको हो । एम्बेस्डर घोषित विद्यिार्थीहरूसँग विद्यालयका अन्य विद्यार्थीहरूले पनि प्रतिस्पर्धा गरेका थिए ।
 
गत बिहीबार विद्यालय प्राङ्गणमा भएको एक विशेष कार्यक्रममा एम्बेस्डर छनोटका लागि ट्यालेन्ट हन्ट, विभिन्न सांस्कृतिक कार्यक्रम तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूलाई प्रतिस्पर्धा गराइएको विद्यालयले जनाएको छ । प्रतिस्पर्धामा छात्रतर्फ अनुश कायस्थ र रोनक शील्पकार क्रमशः फस्र्ट र सेकेन्ड रनरअप भएका थिए भने छात्रातर्फ रक्षा पोखरेल र सृष्टि श्रेष्ठ क्रमशः फस्र्ट र सेकेन्ड रनरअप भएका थिए । लिटिल वल्र्ड एम्बेस्डर छनोटका लागि कान्तिपुर टेलिभिजनका समाचार बाचक रूपेश श्रेष्ठ, समाचार बाचिका समृद्धि रिजाल र सञ्चारकर्मी किरण खनाल तथा कलाकारहरू उपस्थित थिए ।

एम्बेस्डर घोषित छात्र–छात्रालाई विद्यालयले लिँदै आएको मासिक शुल्कमा ३० प्रतिशत छात्रवृत्तिस्वरूप छुट दिने घोषणा गरेको जानकारी विद्यालयका अध्यक्ष पदमध्वज कार्कीले दिएका छन् । त्यस्तै लिटिल वल्र्डमा अध्ययनरत सम्पूर्ण विद्यार्थीमा रहेको विभिन्न प्रतिभाहरूलाई प्रस्फुटन गराउन विद्यालयले समान वातावरण बनाउने प्रतिबद्धता पनि अध्यक्ष कार्कीले जनाएका छन् । विद्यार्थीहरूको प्रतिभा र क्षमताअनुसारको विभिन्न भूमिकामा विद्यार्थीहरूलाई सहभागी गर्दै लैजाने पनि उनले बताएका छन् ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथिकी रूपमा रहेकी नायिका केकी अधिकारीले गरेकी थिईन् । कार्यक्रममा विद्यालयले विभिन्न समयमा आयोजना गरेको अतिरिक्त क्रियाकलाप र गतिविधिहरूमा उत्कृष्ठ विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
त्यसैगरी कार्यक्रमका अवसरमा सोही विद्यालयमा प्रिस्कुल पूरा गरी कक्षा १ मा प्रवेश गर्न लागेका २६ जना विद्यार्थीहरूलाई पोष्ट ग्राजुएशन गराइएको थियो । विद्यालयले आगामी शैक्षिकसत्रका लागि विभिन्न कार्यक्रमहरू पनि घोषणा गरेको छ ।

 

नेपाली दुतावास कोरियाद्वारा भुकम्पका नाममा उठेको पैसाको बिबरण अस्पष्ट

अर्जुन बराल-सोल,चैत २१ । गत बैसाख १२ गते शनिबार पूर्ब–दक्षिण—पूर्ब गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाई गएको ७.८ रेक्टर स्केलको भुकम्पले नेपाल सरकारको प्रारम्भीक जानकारी अनुसार सातहजार भन्दा बढीको संङख्यामा नेपाली हताहती भएको देखाउँछ भने खरबौ मुल्य बराबरको भौतिक संरचना ध्वस्त भएको र हजारौको संङख्यामा नेपाली नागरिक अंगभंग भएका थिय ।

भूकम्प पिडितहरुको निम्ति राहत, उद्दार, पुर्नस्थापना, क्षतिग्र्रस्त संरचनाहरुलाई पुरानै अबस्थामा फर्काउनका लागि प्रधानमन्त्री दैबि प्रकोप उद्दार कोषमा स्वदेश एंवम नेपाल सरकारका बिदेशमा रहेका बिभिन्न कुटनीतिक नियोग, प्रबाशमा रहेर बिभिन्न पेशा ब्यबसाय अंगालेका नेपाली समुदाय लगायत बिभिन्न सामाजिक संघसंस्थाबाट करोडौ डलर जम्मा भएको थियो । जसमध्ये बिदेशमा रहेका नेपाल सरकारका कुटनीतिक नियोग मध्ये दक्षिण कोरिया स्थित नेपाली दुतावासले पनि कोरियन एक्सचेन्ज बैङ्क(केईबि) मा अर्थक्वेक रिलिफ फन्ड नामक खाता नं. ६११–०२५९३३–९७९ खोली आर्थिक संकलन गरि प्र्रधानमन्त्री दैबि प्र्रकोप उद्दार कोषमा पठार्र्ईएको सहयोग रकम र दुतावासबाट पठाईएको भनिएको रकम सम्बन्धी बिबरण फरक परेकोे पत्ता लागेको छ ।

जब बैसाख १२ गते प्राकृतिक प्रकोप १९९० पछिको दोस्रो महाभुकम्प गयो त्यसको दुईदिन पछि अर्थात बैसाख १४ गते सोमबार प्र्र्रधानमन्त्री दैबी प्र्रकोप उद्दार कोषमा सर्बप्रथम सत्यनारायण केयलबाट नेपाली दुई लाख रुपैयाँ जम्मा भयको थियो भने सबैभन्दा पहिला नेपाल सरकारका बिदेशमा रहेका कुटनीतिक नियोग मध्ये नेपाली दुतावास कोरियाले बैसाक २४ गते १,८२,२२९ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ १,८४,६८,९८१ जम्मा गरेको थियो जस मध्ये दुतावासमा कार्र्यरत पाँचजना डिप्लोम्याट कर्मचारीबाट एकमहिना बराबरको तलब सहयोग गरिएको भनिएको छ ।

दुतावासले आफनो वेभसाईटबाट सार्बजनिक गरेको बिभिन्न सामाजिक संघसंंस्थाको सहयोग मार्फत दुतावासको माध्यमबाट नेपाल पठाईएको अत्याबश्यक राहत सामाग्रीमा ३०,६६१ युनिट बराबर ब्ल्याकेट,ग्लोभ्स्,औषधी,स्मार्टफोन,म्याट्रेस रहेका छन् भने ९९,१९९ के.जी.दुधपाउँडर,टेन्ट,म्याट,कपडा,जुत्ता,औषधी लगायतका ५,३२,१४,५१,५५० कोरियन वोन मुल्यबराबरका सामाग्री एयरलाईन्स एंवम पानीजहाज मार्फत नेपाल पठाएको देखाईएको छ ।

तर देशको प्र्रतिनिधित्व गर्ने दुतावासले सार्बजनिक गरेको आर्थिक बिबरण किन सत्य छैन त ? यस बिषयमा छानबिन हुँन जरुरी छ । हेरौ प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा नेपाली दुतावास कोरियाबाट जम्मा भएको आर्थिक बिबरण:—

नेपाली दुतावासले हालसम्म आठ पटक सम्म प्रधानमन्त्री दैबीप्रकोप उद्दार कोषमा सत्रलाख बत्तिस हजार पाँच सय एकानब्बे डलर अर्थात सत्र करोड उननसत्तरी लाख पन्ध्र्रहजार चार सय पचासी रुपैयाँ एकानब्बे पैसा जम्मा गरेको देखिन्छ तर दुतावासले भने जम्मा सोह्र लाख अठहत्तर हजार छ सय एकतीस् डलर जम्मा गरेको देखाएको छ । हेरौ भुकम्प पिडीतका लागि नेपाली राजदुतावास दक्षिण कोरियाबाट संकलीत भई प्र्र्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा पठाईएको रकम सम्बन्धी बिबरण जसलाई दुतावासले आफनो वेभसाईट मार्फत सार्बजनिक गरेको छ :—

korea m

यसरी यि दुबै तथ्याङ्क हेर्र्दा प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा नेपाली दुतावास दक्षिण कोरियाले २९ पौष २०७२ मा जम्मा गरिएको भनिएको छ्यालीस हजार बयालीस् डलर कहि कतै देखिदैन भने दुतावासको वेभसाईटमा पनि २०७२ साउँन १४ गते प्रधानमन्त्री दैबी प्रकोप राहतकोषमा जम्मा गरिएको एकलाख डलर कहि उल्लेख गरिएको देखिदैन ।

यसैलाई आधार मान्ने हो भने कुन र के कति कारणबाट फरक गर्न गयो त त्रिपन्न हजार नौ सय साठ्ठी डलर ? यस बिषयमा हामीले यो कोषमा अब के कति बाँकी छ त्यसको बिषयमा बुझन महामहिम राजदुत कमानसिंह लामा सँग सम्र्पक गर्दा उहाँले द्धितिय सचिब सँग बुझन आग्रह गरेसँगै हामीले उहाँलाई सम्र्पक गरि जानकारी माग्दा उहाँले दुतावासको बेभसाईटमा रहेको तथ्याङ्कनै आधिकारिक रहेको र फन्ड खाली रहेको जानकारी दिए सँगै हामीले एकलाख डलर जम्मा गरेको देखिन्छ भन्दा यो होईन सायद उतैबाट फरक परेको हो कि बरु आधिकारीक बुझन दुतावासमा लिखित निबेदन दिए सँगै बताउँन सकिने जानकारी दिनुभयो तर प्रधानमन्त्री दैबी प्रकोप राहतकोष सबैले हेर्न सकिने र जानकारी माग्दा सजिलै प्राप्त गर्न सकिन्छ भने नेपाली दुतावास दक्षिण कोरियाले जानकारीका निम्ति लिखित निबेदन किन माग्दै छ ?

आखिर जम्मा नै नभएको रकम प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा देखिने अनि जम्मा गरिएको भनिएको रकम नदेखिएको बिषयमा हामीले सम्बन्धीत क्षेत्रमा जानकारी लिनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रबत्ता एंवम सहसचिब बिनोद बहादुर कुँवर सँग फरक परेको एमाउन्टको बारेमा उहाँलाई टेलिफोन सम्र्पक गर्दा उहाँ भन्नुहुन्छ यो कसरी फरक परयो त,फरक त पर्र्नु नपर्ने ? हामीबाट त्रृटीहुँने कुरा हुँदैन जम्मा गरिएको भनेको रकम देखिन्छ नगरे देखिन्न । तपाईहरुले गम्भिर बिषय उठान गरिदिनुभयो यसबिषयमा म आबश्यक छलफल र अनुसन्धान गर्ने छु उहाँले प्रतिक्रिया दिनुभयो ।
 

पद्मकन्या क्याम्पस स्ववियु सभापति स्वस्तिकाको सवारी दूर्घटनामा निधन

१५ चैत, बारा ।पद्मकन्या क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियनको सभापती लाल कुमारी पोखरेल (स्वस्तिका)को सवारि दुर्घटनामा परि निधन भएको छ । बाराको अमलेखगंज–६ आदाबारमा सोमबार बिहानै बस र कार आपसमा ठोक्किदा उनको घटनास्थलमै  निधन भएको हो । मृत्यु हुनेमा कार चालक काभ्रे, महादेवस्थनाका ४४ वर्षीय ध्रुव कार्की पनि रहेका छन् ।   कारमा सवार  प्रदिप पोखरेल र गोविन्द बुढाथोकी घाइते भएका छन्।  घाइतेहरुलाई उपचारको लागि गण्डक हेल्थ केयर वीरगंज पठाइएको छ । हेटौंडाबाट पथलैयातर्फ जादै गरेको ना४ख ५६९६ नम्बरको बस र विपरीत दिशाबाट आउदै गरेको बा३च ८०९७ नम्बरको कार आज बिहान पौने ५ बजे आपसमा ठोक्किएका थिए ।

 

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web