पाशविकताको पराकाष्ठा जेठ १९ को दरबार हत्याकाण्ड, कोही छ यि १७ प्रश्नको उत्तर दिने ?

जबाफदेहिता नलिनेहरू देशका खतरनाक शत्रुहरू हुन् । घटनाले भन्छन्- दल,सेना कर्मचारि नेतृत्व सबै जानकार छन्,  याे काण्डका जानकारहरूले पुस्ताैंसम्म छुट्टि पाउने छैनन्

१.दिपेन्द्रले गाेली चलाएका सबुत प्रमाणाहरू किन दिइएन ?

२.पढ्न गएका निराजनलाइ अकारण किन बाेलाइएकाे हाे ?

३.लाशहरूकाे पाेष्ट मार्टम गर्न के कारणले नदिइएकाे हाे ?

४.दिपेन्द्रकाे लाश ३ दिनसम्म राखेर जिवित देखाउनुकाे कारण के ?

५.अाफ्नै माग बमाेजिम छानबिन समितिमा बसेका माधव नेपाललार्इ त्यहाँबाट कसले निकाल्याे ?

६.राजा मारिंदा शाेक प्रस्ताव पारित नगर्ने संसदमाा् कस्काे नियन्त्रण थियाे ?

७.राजाकाे सुरक्षाकाे जिम्मा सेनाकाे हाेइन भन्ने तात्कालिन प्रसे प्रज्जव सम्शेरलार्इ कसकाे दबाबमा राजदूत बनार्इयाे ?

८.सेनाकाे काम राजाकाे सुरक्षा गर्नु हाेर्इन भने दरबारमा त्यत्राे सेना कुन प्रयाेजनकालागि तैनाथ गरिएकाे थियाे ?

९.राजपरिवारका अंगरक्षकहरू कसैलार्इ कारवाहि नगर्नुकाे कारण के हाे ?

१०.त्रिभूवन सदनलार्इ अनुसन्धान स्थल बनाउन छाडेर हतारमा भत्काउनुकाे उद्देश्य के ?

११.काण्डका बेला तैनाथ सैयाैं सैनीक सिपाहिहरू मारिएकाे वा अन्तै पठार्इएकाे जानकारि किन दिइएन ?

१२.छानबिन समितिले बगानका रूपमा संकलन गरेका विवादास्पद कुराहरूकाे अनुसन्धान किन गरिएन ?

१३.हत्याकाण्डका बेला मृतकहरूकाे वरिपरि रहेक सैनिक अधिकृतहरू विदेश पलायन किन भए ?

१४.पशुपतिपुत्री देवयानीलार्इ दरबार हत्याकाण्डकाे लगोै रातारात देशबाट किन भगार्इयाे ?

१५.हत्याका एउटै दिपेन्द्रबाट थरिथरि हतियार र गाेलिहरू चल्ने कुरालार्इ स्वाभाविक मान्न सकिन्छ कि सकिंदैन ?

१६.मृतकहरूकाे भिसेरा जाँच किन राेकियाे ?

१७.मारिनबाट संयाेगले बाँचेकि प्रेक्षालार्इ रारातालमा कसले खसाल्याे ?

भरत दाहालको फेसबुकबाट साभार

जिल्लाब्यापी यू-१२ क्रिकेटको उपाधि शुभेनियर बोर्डिङ स्कुल बट्टारलाई

नुवाकोट,जेठ १९ । नुवाकोट क्रिकेट संघद्वारा आयोजित जिल्लाब्यापी यु-१२ प्रतियोगिताको उपाधी शुभेनियर बोर्डिङ स्कुल बट्टारले जितेको छ। युनिक ब्वाइज ढुङे र शुभेनियर बिच भएको फाईनल खेलमा शुभेनियर बोर्डिङ ७ बिकेटले बिजयी भएको हो। टस जितेर पहिले ब्याटिङ गरेको युनिक ब्वाइजले १० ओभरमा अलआउट हुदै ६० रन बनायो।युनिक ब्वाइजको तर्फबाट रोशन डंगोलले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।बलिङतर्फ शुभेनियरका गौरव गजुरेलले ४ र मौसम दाहालले २बिकेट लिए।

६१ रनको उपाधी लक्ष्य सहित मैदानमा उत्रेको शुभेनियर बोर्डिङले ६.१ ओभर खेल्दै बिजय हासिल गर्यो।शुभेनियरका तर्फबाट मौसम दाहालले ३३ रन र प्रबेस श्रेष्ठले १५ रन बनाए।बलिङतर्फ युनिक ब्वाइज ढुङेका बिश्वजित प्याकुरेलले २ बिकेट लिए।खेलमा शुभेनियर बोर्डिङका मौसम दाहाल म्यान अफ दि फाईनल घोषित भए।

प्रतियोगिताको बेष्ट ब्याट्सम्यान शुभेनियरका मौसम दाहाल,बेष्ट बलर न्यु युनाइटेडका प्रथम लोहनी,ईमर्जिङ प्लेयर न्यु युनाईटेडकै सृजन लोहनी र म्यान अफ दि सिरिज शुभेनियरका मौसम दाहाल घोषित भए।९ टिमको सहभागिता रहेको प्रतियोगिताको समापन कार्यक्रमको नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठको सभापतित्व र समाजसेवी तथा नेपाली काङ्ग्रेसका युवा नेता रमेशकुमार महतको प्रमुख आतिथ्यतामा भएको थियो।

कार्यक्रममा विशेष अतिथि उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष भुवनलाल राजभण्डारी,लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष धनसिङ तामाङ,उद्योग बाणिज्य संघ नुवाकोटका प्रवक्ता तथा नुवाकोट क्रिकेट संघका सल्लाहकार सन्तोष उप्रेती,प्रेस युनियन नुवाकोट अध्यक्ष किरण अधिकारी,विद्यार्थी नेता उपेन्द्र मिश्र र पवन थापा आदिको उपस्थिति थियो।

मनिषा मृत्यु प्रकरणः प्रारम्भिक अनुसन्धान सार्वजनिक,के थियो प्रेमीसँगको सम्बन्ध ?

काठमाडौं,जेठ १९ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको छ । मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी ९आशिष०को पोलिग्राफ परीक्षण प्रतिवेदन र मनिषाको शवको परीक्षण प्रतिवेदनको आधारमा मृत्यु प्रकरण थप रहस्यमय हुनुको साथै अनुसन्धान थप जटिल बन्दै गएको प्रहरीको ठहर छ । प्रेमी अशिष चौधरीको भएको पोलिग्राफ जाँचमा चौधरीले मनिषाको हत्या नगरेको दिएको जवाफ साँचो देखिएको छ । परिवारले भने हत्या गरेको दाबी गर्दै आएका छन् ।

घटनाको सूष्मरुपमा अनुसन्धान भइरहेको र हालसम्मको अनुसन्धानका क्रममा सो घटना हत्या हो वा होइन भन्नेबारे केही भन्न नसकिने प्रहरीले भनाइ छ । नवलपरासी जिल्ला प्रहरी कार्यलयका एसपी राजेन्द्र चौधरीले दिएको जानकारीमा आधारित प्रारम्भिक

अनुसन्धान रिपोर्ट यस्तो छ -

२०७३ वैशाख १३ गते बिहान साढे ६ बजे इलाका प्रहरीले घटनाको जानकारी पायो। प्रहरी नायव उपरीक्षकको नेतृत्वमा प्रहरीको टोली ६ बजेर ४० मिनेटमा घटनास्थल पुग्यो। प्रहरी घटनास्थल पुग्दा मनिषाको टाउकोदेखि कम्मरसम्म पलङमा थियो भने नजिकै राखिएको टि टेवलमा उनको खुट्टा थियो। कोठामा रहेको पङ्खाको तार चुडिएको अवस्थामा थियो।

अर्को कोठामा रहेको सीसाको सोकेस फुटेको थियो। मनिषाको घाँटीमा नीलो डाम र रगत थियो। त्यसपछि प्रहरीले त्यहाँ भएका सवुत प्रमाण बटुल्यो र मुचुकल्का उठायो। त्यतिबेर सम्म मनिषाको घरपरिवार, आफन्त, साथी भाइ भरिएका थिए र शोकको वातावरण थियो।

छिमेकीसँगको सोधपुछपछि प्रहरीले घटनाको आशंकामा मनिषाका प्रेमी आशिष भनिने २२ वर्षीय रुद्रनारायण चौधरीलाई उनकै घरबाट नियन्त्रणमा लियो। उनको घरबाट प्रहरीले खरानी रंगको टिसर्ट र नजिकै रहेको पेट्रोलपम्पको नालमा लुकाएर राखिएको कालो रंग सल पनि वरामद गर्‍यो।

मनिषाको मृत्यु नभएर हत्या भएको आशंकामा आशिष चौधरीविरुद्ध त्यसै दिन मनिषाका काकाले  ज्यान मुद्दामा जाहेरी दर्ता गराए। त्यसपछि प्रहरीले चौधरी सँग प्रारम्भिक अनुसन्धान सुरु गर्‍यो। जाहेरीका आधारमा जिल्ला अदालतमा ७ दिन म्याद थपिएर अनुन्धान सुरु भयो। मनिषाको शव पोस्टमार्टमका लागि राजधानीको शिक्षण अस्पताल टिचिङ पठाइयो। अस्पतालमा पोस्टमार्टम भइरहँदा प्रहरीले आशिषसँग बयान लिइरहेको थियो।

प्रहरीको अनुन्धानका क्रममा मनिषा र आशिषबीच प्रेम सम्बन्ध रहेको र प्रेम सम्बन्धमा विवाद पछि रहस्यमय मृत्यु भएको खुल्न आएको छ। वैशाख १२ गते आशिषले पटकपटक मनिषालाई फोन सम्पर्क गरे। तर, मनिषा सम्पर्कमा आइनन्। दिनभरजसो मनिषाले फोन नउठाएपछि आजित बनेका आशिषले मनिषाकी साथी शीलुलाई फोन गरे। शिलुलाई आशिषले फोनमा 'मनिषालाई फोन उठाउ भन नत्र जे पनि हुनसक्छ' भन्ने धम्की दिए।

मनिषा र अशिषको प्रेम विवादले अझै उग्ररुप लिँदै थियो। शिलुले मनीषलाई दिएको धम्की सुनाएपछि उनले आशिषलाई फोन गरिन्। मनिषाले रातको साढे ७ बजे आफ्नै घरमा बोलाइन्। मनिषाका दाजु विमल घर्तीमगर उपचारका लागि बेल्जियम गएका थिए। आमा बुटवलमा, मनिषा एक्लै थिइन् घरमा। मनिषाले नै फोन गरेपछि आशिष नशाको सुरमा उनको घर पुगे। चौधरी प्रेमको विवाद र रक्सी दुवैमा सम्हालिने अवस्थामा थिएनन्। भेट हुनेवित्तिकै दुईबीच कुटाकुट भयो। सोकेसका सीसा उनीहरुको झगडाको निशाना बन्यो।

त्यसपछि नशाले चुर भएका आशिष त्यसै बाहिरपट्टी लडे र निदाए। त्यसको २ घण्टापछि होसमा आएर हेर्दा झगडा गरेकी मनिषा मृत अवस्थामा थिइन्। उनको घाँटीको कालो सल चौधरीले फुकाए र मुखमा स्वासप्रस्वास दिए। तर, मनिषा उठिनन्। घाँटीको सल नजिकैको पेट्रोलपम्प अगाडिको नालामा लगेर लुकाए। मृतक मनिषा र प्रेमी आशिकको मोबाइलमा १२ गतेसम्म चार दिनको कल रकर्ड हेर्दा दुईबीच २ सय १८ पटक सम्पर्क भएको देखिन्छ जसमा आशिषले १ सय १६ र मनिषाले १ सय २ पटक सम्पर्क गरेका थिए। उनीहरुबीच अन्तिम सम्पर्क भने मृत्यु हुनभन्दा करिब २ घण्टा अघि ८ बजेर ३२ मिनेटमा भएको थियो।

मनिषाको पोस्टमार्टम रिपोर्टमा भने उनको मृत्युको कारण 'हेङगिङ' भन्ने छ। आत्महत्या होइन हत्या भन्ने परिवारको दावी भइरहँदा प्रहरीले अनुसन्धान झनै तीब्र बनायो। प्रहरीले आशिष चौधरीसँग लिएको बयानमा उनले पटकपटक आफुले हत्या नगरेको दावी गरे। चौधरीको बयानमा विश्वास नलागेपछि जेष्ठ १८ गते प्रहरीले पोलिग्राफ टेष्टको साहरा लियो। पोलिग्राफ टेष्टले झुट बोलेको नबोलेको तथ्य परीक्षण गर्छ। करिब ५ घण्टासम्म भएको टेष्टमा उनलाई ११ वटा प्रश्न सोधिएको थियो।

तपाईँले मनिषाको घाँटी थिचेर हत्या गरेको हो कि होइन? भन्ने प्रश्नमा उनले होइन मात्र दोहोर्‍याइरहे। पोलिग्राफ टेष्टले उनको बोली सत्य भएको प्रमाणित गरको छ। अनुसन्धानमा अझै मनिषाको मृत्यु चलचित्रको रहस्यमय कथा जस्तै छ। मनिषाको हत्याको अनुन्धानमा नियन्त्रणमा लिएका आशिष चौधरी हत्यारा हुन् या निर्दोष यो पनि गर्भमा नै छ। तर मनिषा अब यो संसारमा छैनन। र अझै कतिपय प्रश्नहरु अनुत्तरित नै छन् यस घटनामा।  पहिलो पोष्ट डटकमले समाचार लेखेको छ ।

प्रधानमन्त्री ओलीले मागे गृहमन्त्री बस्नेतको राजीनामा

काठमाडौं, जेठ १९ । सिडियो र सहायक सिडिओको सरुवालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री शक्तिबहादुर बस्नेतको राजीनामा मागेका छन् । गृहमन्त्री बस्नेतले प्रधानमन्त्रीले दिएको सरुवा बदरको निर्देशन नमान्ने अडानलिए पछि  ओली र बस्नेतबीच वाकयुद्ध चलेको हो ।

मंगलबार प्रमुख जिल्ला अधिकारी सहित उच्च अधिकृतहरुको गरिएको सरुवाको निर्णय बदर गर्न दिएको निर्देशन गृहमन्त्री बस्नेतले अस्वीकार गरेका छन् । गृहमन्त्रालयले मंगलबार प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ५१ जनाको सरुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले उक्त निर्णय बदर गर्न गृहमन्त्री बस्नेतलाई निर्देशन दिएका थिए । तर, सरुवाको निर्णय विधिसम्मत रहेको भन्दै गृहमन्त्री बस्नेतले निर्णय परिवर्तन हुन नसक्ने जवाफ दिएका छन् ।

बिमलले पोखे दर्दनाक पिडा ‘अब मैले देशको लागि लडेर के काम ?…

१९ जेठ, काठमाडौं ।

बहिनी मनिषाको शंकास्पद मृत्युभएपछि चिन्तीत बनेको नेपाली फुटबलर विमल घर्ती मगरले सामाजिक सञ्जालमा दुख पोखेका छन् । धेरै मायाले हुर्काएकी एक मात्रै बहिनी मनिषाको मृत्युुले विक्षिप्त बनेका विमलले भनेका छन् । सानैमा बाबा गुमाए उहाँ पनि देशकै लागि लड्नु हुन्थ्यो ।  बहिनीको हत्यारालाई कारबाहि नभए अब आफूले देशका लागि केहि गर्न नसक्ने उल्लेख गरेका छन् ।

बुवा गुमाउको घाउँ निको हुँदै गर्दा बहिनी गुमाउँनु पर्दा बैनीको सम्झनामा अहिले बिमल रोएर दिन बिताउँदै छन् । देशका लागि लड्ने आफ्ना पिता गुमाएपछि बिमल आफै देशका लागि खेल मैदानमा आए । मैदानमा लडेर थुप्रै पटक नेपालीलाई खुुशी दिए । तर, आज उनले आफूलाई एक्लो भएको महसुस गरेका छन् र साथ मागेका छन् सबै सँग उनले भनेका छन् ।

यस्तो उनले  पोष्ट गरेको स्टाटस

सानो छदा बाबु गुमाए बाबु पनि देशको लागि लड्नु हुन्थ्यो ।  बिस्तारै त्यो पिडा भुल्दै जाँदा १० बर्ष भको थियो आज अर्को पिडा थपियो मेरो फ्यामिलिमा बाबु नि देशको लागी कति गर्नु भो अनि मैले पनि। देशको लागि कति गरे तर हाम्रो घरमा यस्तो हुँदा सरकारले केहि गरेन, के काम एउटा आज देशको लागि गर्ने मान्छेलाई सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरि बढ्नु ? यो नेपालमा मेरो बहिनीको हत्या गर्ने मान्छेलाइ कारबाही भएन भने यो देशको लागि के गर्नु ? आज म रोइ रहेको छु भोलि अरु कोइ रोइ रहेको होला मलाइ सब को साथ चाहियको छ । अब देशको लागि लडे अब बहिनीको लागि लड्छु ।

एन्फाका बर्खास्त पदाधिकारी आज पुर्नबहाली हुँदै

काठमाडौं,जेठ १९ । अखिल नेपाल फुटबल संघ एन्फाको आज बस्ने कार्यसमिति बैठकले बर्खास्तीमा परेका तीन उपाध्यक्ष र एक सदस्यलाई पुनर्बहाली गर्ने भएको छ । लगतार तीन बैठकमा अनुपस्थित भएको भन्दै असोज २१ मा बर्खास्तीमा परेका उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई तथापंकज नेम्बाङलाई जेठ १० गते भित्र पुनर्बहाली गरिसक्न फिफाले वैशाख २७ मा एन्फालाई निर्देशन दिएपछि

निर्णय उल्टाउन बाध्य भएको हो ।

आजको बैठकले उनीहरुको ठाँउमा मनोनय गरेका उपाध्यक्ष सन्तोष बानियाँ, विरबहादुर खड्का र मणी कुँवर तथा सदस्य अरुणमान जोशीले भने आजै राजीनामा दिनेछन् । एन्फाको आजको बैठकले बानियाँलाई मानार्थ उपाध्यक्ष र खड्का र कुवरलाई पुरानै जिम्मेवारी दिने सम्भावना छ । उनीहरु दुई जना यसअघि सह महासचिवको जिम्मेवारीमा मनोनित भएका थिए ।

मनिषा मृत्यु प्रकरणः कसरी भयो मनिषाको मृत्यु ? प्रेमीले नमारेको ‘प्रहरी प्रतिवेदन’

१९ जेठ, काठमाडौं  । फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको शंकास्पद मृत्युको घटनाको सत्यतथ्य पत्ता लगाउन हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी रुद्रनारायण (आशिष) चौधरी झुठो नबोलेको भेटिएको छ । योसँगै मनिषाले आत्महत्या गरेको तथ्य बनेको छ । इलाका प्रहरी कार्यालय सुनवलमा प्रहरीले चौधरीले बयानका क्रममा झुट बोलेको हो वा होईन भन्ने पत्ता लगाउन गरेको परिक्षणको  बुधबार पत्रकार सम्मेलन गर्दै पोलिग्राफ परीक्षण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको रिपोर्टमा उनले बताएको कुरा झुठो नभएको प्रारम्भिक रिपोर्ट आएको प्रहरीले बताएको हो ।

अनुसन्धान अधिकृत प्रकाश सापकोटाले भने, ‘पोलिग्राफको प्रारम्भिक रिपोर्टमा आशिषले अहिलेसम्म बोलेको कुरा साँचो रहेको पाइयो ।’ उनले उत्तर दिँदा पोलिग्राफ मेसिनमा कुनै अस्वभाविक तरंग नआएको उनले बताए । तर, अनुसन्धान अझै नटुंगिएको बताउँदै उनले अनुसन्धान अझै जारी रहेको बताए । यसअघि पोष्टमार्टम रिपोर्टमा पनि ‘ह्यांगिङ’ (झुण्डिएको) रिपोर्ट आएको थियो । १७ बर्षिय मनिषाको शव जेठ १३ गते नवलपरासीको बर्दघाट–८ स्थित आफ्नै घरमा फेला परेको थियो ।

खाने कुरा नहुँदा गाउँ नै रित्तियो

१९ जेठ, काठमाडौं । लामो समयको खडेरीले परिवार पाल्नै गाह्रो भएपछि हुम्लाको मैलास्थित दलित बस्ती चौतारीगाउँ नै रित्तिएको छ । चौतारीगाउँका सबैजना परिवारसहित पेट पाल्न भारततिर गएपछि गाउँ रित्तिएको हो ।

सरकारले कर्णालीका खडेरी पीडितहरूका लागि निःशुल्क वितरण गर्ने भनिएको चामल कमिसनका कारण रोकिएपछि अधिकांश गाउँ प्रभावित भएका आजको अन्नपूर्णमा समाचार छ ।

खडेरीले लगातार दुई बालीको उत्पादन शून्य भएको छ । स्थानीय उत्पादनमा ९८ प्रतिशतसम्म ह्रास आउँदा मैलामा परिवार पाल्न मुस्किल भएको थियो । अन्य कुनै जोहो नभएपछि आफूहरू भोकमरीमा ज्यान जोगाउन भारत लागेको मैला–४ का अम्मलाल नेपालीले बताए । उनी परिवारसहित भारत जान बाजुराको कोल्टी पुगेका छन् ।

आफूसहित गाउँका २२ वटै घरधुरीका सबै सदस्य भारत गएको जानकारी गराउँदै अम्मलालले भने, ‘घरमा खाऔं भने एक दाना चामल छैन । काम गरेर खाऔं भने पनि के काम गर्नु रु विकासका योजना सञ्चालन नै भएका छैनन् । बाजुरादेखि तीनचार दिन भारी बोकेर ११ जनाको परिवार कसरी पाल्नु रु जेनतेन वैशाखसम्म त परिवार पालियो । एक्लो ज्यानले भारीमात्रै बोकेर परिवार धान्न अब सकिन्नजस्तो छ । त्यसैले परिवारसहित भारत लागेको हुँ ।’

मैला–४ कै चाउर्‌या नेपालीले गत साउनदेखिको खडेरीले कात्तिकमा पाक्ने बालीको उत्पादन निकै कम भए पनि जेठमा पाक्ने गहुँबाली केही राम्रो हुन्छ कि भन्ने आसले अहिलेसम्म गाउँमै भारी बोकेर परिवार पाल्दै आएको बताए । तर यो गहुँबालीबाट बिउ पनि नआएपछि बाध्य भएर परिवारसहित भारत लागेको उनको भनाइ छ ।

वैशाख र जेठमा मात्रै मैला गाविस–४ का २२ घर, वडा नम्बर ७ का ९ घर, ३ का ७ घर र २ का ४ घर सपरिवार भारत गएका छन् । अवस्थामा सुधार नआए जेठ अन्त्यसम्ममा थप ५० घरपरिवार भारत जान तयारीमा रहेको सुनारले बताए । खच्चर बाटो पुगेको हुम्लाको दक्षिण भेगमा पर्ने मैलाको बजारमा व्यापारिक चामल भए पनि स्थानीय बासिन्दासँग चामल किन्ने पैसा नभएपछि पेट पाल्नकै लागि भारत जानुपर्ने अवस्था रहेको मैला स्वास्थ्यचौकीकी कर्मचारी अम्बिका शर्माले बताइन् । उनका अनुसार भारत जानेमा लामो समयदेखि पेटभरि खान नपाएको बताउने दलित समुदायको संख्या बढी छ ।

हिरासतमै हत्या, अभियोग थुनुवामाथि

रक्सी खाएर हल्ला गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका टिकाबहादुर राईलाई कुटपिट गरेको आरोपमा ३ जनालाई पक्राउ गरि प्रहरीले हत्या अभियोग लगाएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

महानगरीय प्रहरी वृत्त बौद्धले राईको हत्यामा संलग्न रहेको अभियोगमा घटनाको दिन राईसागै हिरासतमा रहेका केशब पुलामी मगर, प्रकाश सुब्बा र दावा लामालाई पक्राउ गरि हत्या अभियोग लगाएको हो।

प्रहरीले यातना दिँदा राईको मृत्यु भएको परिवारले दाबी गर्दै आएको छ।

वैशाख २७ गते चुच्चेपाटीको एलपी ग्यास डिपोमा भएको सामान्य विवादमा पक्राउ परेका राईको २९ गते मृत्यु भएको थियो।

राजा बिरेन्द्र परिवार हत्याको १४ बर्ष, कसले मार्यो रहस्यमै !

आज जेठ १९ गते । तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको १४ वर्ष पुरा भएर आजबाट १५ वर्ष लागेको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ।

विश्वले नै बिर्सनै नसक्ने त्यो रात सम्झँदा जीउ सिरिङ हुन्छ। राजा वीरेन्द्रको परिवारको संझना आउँछ ।  तर विश्वमा नै चर्चित भनेको दरबार हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन।

प्रधानमन्त्री भएको बेलामा स्वर्गीय गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतकाले दरबार हत्याकाण्डको छानबिन गरेरै छाड्ने प्रतिबद्धता जनाएको वर्षौ भइसकेको छ।

सो घटनामा केही पनि भएको छैन् । तत्कालिन युवरनज दीपेन्द्रले हत्या गरेको भन्ने कुरा छानबिनपछि बनाइएको प्रतिबेदनले जनाएपनि त्यसमा अझै ठूलो जनसमूहलाई आंशका रहेको छ।

कनकमणि दीक्षित परिवारको १८ रोपनी जग्गा रोक्का

ललितपुरका मालपोत कार्यालय र भूमिसुधार कार्यालयले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी जग्गा रोक्का गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

रानी जगदम्बाकुमारी राणाले सरकारलाई दिएको जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको ठहर गर्दै सरकारको नाममा फिर्ता ल्याउन अख्तियारले आइतबार भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको थियो । मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहेको जग्गा मात्र होइन, पाटन क्याम्पसको नाममा रहेको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दाबी छ ।

पुल्चोकस्थित अत्यन्तै महँगो क्षेत्रमा रहेको सरकारी जग्गा व्यक्तिले लुकाएर राखेको भेटिएपछि तत्काल फिर्ता गराउन निर्णय गरिएको अख्तियारको दाबी छ । दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहेको थप अकुत सम्पत्तिमाथि छानबिन भइरहेको स्रोतले जनाएको छ ।

अख्तियारको निर्देशनपछि ललितपुरका मालपोत र भूमिसुधार कार्यालयले मंगलबार कमलमणि, कनकमणि र कुन्दमणि दीक्षितका नाममा सातदिने म्याद जारी गरेको छ । तोकिएका जग्गा आफ्नो नाममा ठहर हुने भए सात दिनभित्र प्रमाणसहित उपस्थित हुन ती कार्यालयहरूले दीक्षित परिवारलाई म्याद तोकेका छन् । कमलमणि र कनकमणिले म्याद बुझे पनि कुन्दमणिले नबुझेकाले उनको घरमा सूचना टाासिएको ती कार्यालयहरूले जनाएका छन् ।

रामशरण महत ६ पटक अर्थमन्त्री देशले पायो हाता लाग्यो शुन्य

मुलुकमा सबैभन्दा बढी अर्थमन्त्री हुने भाग्यवानी नेतामा पर्छन्, कांग्रेस नेता रामशरण महत । खुला अर्थतन्त्रका हिमायती मानिने महत कांग्रेसबाट ६ पटक मन्त्री भए । कांग्रेसमा महेश आचार्यपछि निरन्तर अर्थमन्त्री बन्ने अवसर पाए पनि महतले पार्टीभित्र भने कहिल्यै लोकप्रिय छवि बनाउन सकेनन् । कान्तिपुर दैनिकमा समाचार छ।

‘महतले खुला अर्थतन्त्रको नाममा समाजवाद उन्मुख कार्यक्रम दिन नसकेको पार्टीभित्रै आलोचना छ,’ महतको अर्थमन्त्री कालको अनुभव सुनाउँदै कांग्रेसका एक नेताको तिखो टिप्पणी छ, ‘उहाँले आफ्नो कार्यकालभर मुलुकको अर्थमन्त्री आफैंमात्रै भइराख्छु र आफ्नै ढुकुटीबाट रकम बाँड्नुपर्ने हो जस्तो व्यवहार देखाउनुभयो । जसका कारण पार्टीभित्र आलोचना हुने गरेको हो ।’

यतिखेर उनी अर्थमन्त्री छैनन् । तर, पार्टीभित्र उनै आलोचनाका प्रमुख पात्र बनिरहेका छन् । एमाले नेतृत्वको गठबन्धन सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटप्रति कांग्रेस नेताहरूको सैद्धान्तिक रूपमा विरोध छ । तर, वास्तविक विरोधको प्रहार भने पार्टीको पूर्ववर्ती सरकारका अर्थमन्त्री महतप्रति बढी लक्षित देखिएको छ ।
आइतबारको काग्रेस संसदीय दलको बैठकमा उनै महतप्रति धेरै सांसद खनिएका थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web