नेपाल भारत सुरक्षा बैठकमा भारतले दिएको थोत्रो हेलिकोप्टर छलफलमा

२७ जेठ, नयाँदिल्ली ।
सुरक्षासम्बन्धी नेपाल भारत बैठक आजदेखि नयाँ दिल्लीमा सुरु हुने भएको छ । सैन्य सामग्री खरिद र नेपाली सेनालाई भारतले उपलब्ध गराउने हेलिकप्टरको विषयमा बैठकमा छलफल हुनेछ ।

बैठकमा दुई वर्ष अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला नेपाललाई दिएको हेलिकप्टर बिग्रिएर प्रयोगमा नआएको विषयमा पनि छलफल हुनेछ ।

भारतले उपहारमा दिएको भन्दै नेपाली सेनाले प्रयोग गर्नेगरि उसले प्रयोग गर्दै आएको सेकेण्डहेण्ड हेलिकोप्टर जुन एकदमै कम प्रयोगमा थियो नेपाललाई दिएको थियो ।

एक अधिकारीका अनुसार त्यो हेलिकप्टर मर्मत गर्ने या त्यसको साटो अर्को लिने विषयमा भारतीय पक्षसँग छलफल हुनेछ । हरेक वर्ष नियमित रूपमा बस्नुपर्ने सुरक्षासम्बन्धी परामर्श बैठक गतवर्ष नेपालको आन्तरिक राजनीतिक परिस्थितिका कारण बस्न सकेको थिएन ।

बैठकको पूर्वसन्ध्यामा नेपाली र भारतीय अधिकारीबीच अनौपचारिक तयारी बैठकसमेत भएको छ । आजको वार्तापछि नेपाली टोलीले भोली भारतीय सेनाका सेनापतिसँग समेत भेटघाट गर्ने कार्यक्रम छ ।

सार्क मुख्य सचिवस्तरीय बैठक आजदेखि काठमाडौंमा सुरु

२७ जेठ, काठमाडौं ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मुख्य सचिव स्तरीय बैठक आजदेखि काठमाण्डुमा सुरु हुने भएको छ । बैठक भोलिसम्म चल्नेछ । बिहान साढे १० बजेपछि सुरु हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

मुख्य सचिव तथा मन्त्रिपरिषदका सचिवहरूको सहभागिता रहने बैठकमा सदस्य मुलुकको कर्मचारीतन्त्र भित्रको उत्कृष्ट अभ्यास आदानप्रदान गरिनेछ । बैठकमा सार्क सदस्य राष्ट्रको शासकीय सुधारसँग सम्बन्धित अभ्यास, सुशासन र सार्वजनिक प्रशासनभित्रको क्षमता अभिवृद्धि र उपायका बारेमा छलफल हुनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव चन्द्रकुमार घिमिरेले बैठकमा नेपालले स्वशासन तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली गरी दुईवटा विषयको कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिनुभयो । स्थानीय निकाय नै १५ वर्षदेखि प्रतिनिधिविहीन रहेको अवस्थामा भएको विकास प्रक्रियाबारे नेपालले जानकारी दिनेछ ।

बैठकमा माल्दिभ्स र अफगानिस्तान बाहेक ६ राष्ट्रका सचिवहरुको सहभागिता रहनेछ । बैठकमा नेपालको नेतृत्व मुख्यसचिव डा सोमलाल सुवेदीले गर्नुहुनेछ । नेपाल सार्कको वर्तमान अध्यक्ष रहेकाले सुवेदीले नै बैठकको अध्यक्षता गर्नुहुनेछ ।

बैठकमा मुख्यसचिव सुवेदीका साथमा प्रधानमन्त्री कार्यालयका सचिव घिमिरे, परराष्ट्रका सहसचिव तथा सार्क समेत हेर्ने क्षेत्रीय संगठन महाशाखा प्रमुख मणि भट्टराई, उपसचिव द्रुपदा सापकोटालगायत सहभागी हुनेछन् ।

चन्दको बन्द, काठमाडौंमा मन्द

२७ जेठ, काठमाडौं ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्द गराएको छ । बन्दको सामान्य प्रभाव परेको छ । काठमाण्डु उपत्यकासहित अधिकांस शहरमा गाडीहरु चलिरहेका छन् ।

काठमाडौं उपत्यकामा अरु दिनको भन्दा केही कम गाडी चले पनि प्रभाव भने खासै नपरेको प्रहरीले जनाएको छ । ठाउँठाउँमा यातायातमा तोडफोड र आगजनी बन्दकर्ताले गरेका छन् ।

आफ्ना नेता तथा कार्यकर्ता रिहाइसहित विभिन्न माग राख्दै चन्द नेतृत्वको माओवादीले बन्द गरेको जनाएको छ । भाडाका सवारी साधान कम चले पनि निजी सवारी साधन साधन भने चलेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

बन्द आह्वानकर्ताले काठमाण्डुको तीनकुनेमा एउटा ट्याक्सीमा आगजनी गरेका छन् । दुईजनाले बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा पेट्रोल छर्किएर आगजनी गरेका हुन् । चालक सुवास परियार ट्याक्सीभित्रै रहेका बेला उनीहरुले आगजनी गरेका थिए । आगजनी गरेर उनी भागेका थिए । तत्काल आगो निभाएकाले ट्याक्सीमा सामान्य क्षति पुगेको छ ।

बन्दमा अप्रिय दुर्घटना नहोस् भन्नका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसरका अनुसार बन्द गराउँदै हिंडेका २१ जनालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

पहिरो गएको बर्षदिन भयो, ताप्लेजुङको ६ गाविसवासी भन्छन् राज्यले हेरेन

२७ जेठ, ताप्लेजुङ ।
ताप्लेजुङको पश्चिमी गाविसमा पहिरो गएको आज एक वर्ष पुगेको छ । जिल्लाको विभिन्न ६ गाविसमा गएको पहिरोले धेरै जन धनको क्षति भएको थियो ।

यसरी पहिरो गएको एक वर्ष हुदा समेत सरकारले पहिरो पीडितको समस्यालाई ध्यान नदिएको पहिरो पीडितले गुनासो गरेका छन्  ।

पुर्नरवासको माग गरिरहेका पहिरो पीडितले राज्यले विभिन्न बाहना बनाएर समस्यालाई ध्यान समेत नदिएको बताएका छन् ।

पहिरोले सबै जग्गा बगाएको र घर मात्र पहिरोको विच भागमा रहेपनि बैकल्पिक स्थान नभएपछि जोखिम मोलेर भएपनि बस्न बाध्य भएको लिवाङका पहिरो पीडित कमला तिवारी गुनासो गनुहुन्छ ।

केही टाढोबाढोहरु सुरक्षित ठाउंमा बसाई सरेपनि आफ्हरु सर्ननसकेको पहिरो पीडित अन्जना अधिकारीको भनाइ रहेको छ ।

जिल्लाको लिवाङ,खोक्लिङ,खाम्लुङ,लिङतेप,थिङलाबु र सान्थाक्रा गाविसमा गएको पहिरो पीडित अझ पनि पहिरोले छियाछिया पारेका स्थानमानै बसिरहेका छन् ।

पहिरो पीडितको गुनासोमा जिल्ला प्रशासन कार्यालयले तत्काल पुर्नवासको सम्भावन नरहेकोले पीडित स्वायमनै सुरक्षित स्थानमा बस्नु पर्ने बताएको छ ।  पहिरोले ५९ जनाको ज्यान लिनुका साथै सयै परिवार घरवार विहिन भएका थिए ।

अराजक नेता कार्यकर्ता छुटाउन बन्द गर्दा ताप्लेजुङ ठप्प

२७ जेठ, ताप्लेजुङ ।
यसअघि पक्राउ परेका आफ्नो कार्यकताको रिहाइको माग गदै विप्पलव माओवादीले गरेको बन्दले ताप्लेजुङ सहित पांचथर समेत ठप्प बनेको छ ।

आज विहान देखि बजार पसल,शिक्षण संस्था,उधोग धन्दा ठप्प छ भने यातायतको साधन सञ्चालन हुन नसक्दा यात्रुहरु समस्यामा परेका छन् ।

नुवाकोटमा हत्यामा संलग्न चार अभियुक्त पक्राउ

२७ जेठ, त्रिशुली ।
नुवाकोटको सामरी गाविस वडा नम्बर ३ फलाटेका कुमार तामाङको हत्यामा संलग्न रहेका पाँच जना मध्ये चार जनालाई नुवाकोट प्रहरीले पक्राउ गरी जिल्ला अदालत नुवाकोटमा कर्तव्य ज्यान मुद्धा दर्ता गरेको छ । घटनामा संलग्न सबै स्थानीयवासी नै रहेका छन् ।

२४ वर्षका तामाङका गएको जेठ १८ गते राती साढे १० बजेको समयम ढुङ्गा प्रहार गरी हत्यामा प्रत्यक्ष संलग्न भएका चार जना र आपराधिक क्रियाकलाप गराउन रकम दिएर परिचालन गर्ने एक जना सहित पाँच जना मध्ये चार जनालाई नुवाकोट प्रहरीले पहिचान साथ पक्राउ गरी कारबाही अघि बढाएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देबबहादुर बोहराले जानकारी दिनुभएको छ ।

रहस्यमय रुपमा घटेको घटना गराउन मुख्य योजनाकार रहेको वडा नम्बर ३ फलाटेका १९ वर्षका काले भनिने कालु तामाङ, वडा नम्बर ६ मैबलका २४ वर्षका राकेश डुब्बा भन्ने बुद्धिबहादुर तामाङ, २२ वर्षका दावा भन्ने सोमबहादुर तामाङ र २७ वर्षका मुस्कान तामाङलाई पक्राउ गरी जिल्ला अदालत नुवाकोटमा ज्यान मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिनुभएको छ ।

दुई वर्ष अघि काले तामाङको बुबालाई कुटपिट गर्ने फलाटेका प्रकाश तामाङलाई मार्ने योजन बनाएर गइरहेको समयमा सामान्य विवाद हुदाँ कुमार तामाङको हत्या भएको खुल्न आएको अनुसन्धानको क्रममा देखिएको नुवाकोट प्रहरी प्रवक्ता समेत रहनुभएका प्रहरी नायव उपरीक्षक कंडेलले बताउनुभएको छ ।

घटनाको अनुसन्धानको लागी प्रहरीले मुख्य योजनाकार कालु तामाङ सहित चारजनालाई यसअघि नै पक्राउ गरी सार्वजनिक मुद्धा दर्ता गरी अनुसन्धान गर्ने क्रममा घटनाको रहश्य खुल्न आएको घटनाको अनुसन्धान गर्नुभएका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले बताउनुभएको छ ।

घटनास्थलमा भेट्टिएको मृतक कुमार तामाङको मोबाइल फोन भएपनि त्यसबाट प्रमाण जुट्न नसकेपछि गरिएको गहन अनुसन्धानबाट घटनाको बस्तविकता पत्ता लगाउन सफल भएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभएको छ । पक्राउ परेकाहरुले घटनामा आफूहरुको संलग्नता रहेको स्वीकारेका छन् । घटनामा संलगन रहेका एक जना फरार रहेकाले उनको खोजी जारी रहेकाले केही दिनमा नै पक्राउ गर्न सफल हुने नुवाकोट प्रहरीले जनाएको छ ।

यसअघि पक्राउ गरी सार्वजनिक मुद्धा दर्ता गरेका कालु तामाङ बाहेक अन्य तीन जनालाई सार्वजनिक अपराध सम्बन्धि कारबाही हुने प्रहरीले जनाएको छ । पक्राउ परेकाले अनुसन्धानको क्रममा प्रहरीलाई दुव्र्यबहार समेत गरेकाले उनीहरुलाई नुवाकोट प्रशासन कार्यालय मार्फत सार्वजनिक मुद्धा अनुसार कारबाही गर्ने प्रहरीले जनाएको छ ।

बागलुङवासी बिप्लवका कार्यकर्ता छुटाउन गरेको बन्दको मार खेप्दै

२७ जेठ, बागलुङ ।
पक्राउ परेको माओबादी नेता एबं कार्यकर्ताको रिहाईको मागमा भ्रष्टाचार, कालो बजारी र महंङ्गीको फुर्कोे जोड्दै नेकपा माओबादीले गराएको जर्वजस्ती बन्दको मारमा बागलुङवासी परेका छन् ।

नेत्र विक्रक चन्द नेतृत्वको माओवादीले गराएको जर्वजस्ती बन्दका कारण यहां बाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु संचालनमा आएका छैनन् भने जिल्ला स्थित शिक्षण एबं बिभिन्न सघंसस्था  उद्योग ब्यापार सबै ठप्पछन् ।

अहिले  बिहान ५ बजे देखी साझ ५ बजे सम्मका लागि आव्हान  गरिएको बन्दमा एम्बुलेन्स, दुध र पानीको गाडी भने निर्वाध रुपमा चल्न दिने नेकपा माओबादी बागलुङ्गका जनपरिषद प्रमुख बाबुलाल शाक्यले जानकारी दिनुभयो । उहांले उद्योग धन्दा शिक्षण एबं सम्पुर्ण सघंसंस्था र यातायात समेत बन्द गरेर भ्रष्टाचार र महंङ्गी बिरुद्धको आन्दोलनमा सबैलाई साथ दिन आग्रह समेत गर्नुभएको छ ।

यसैबिच नेकपा माओबादीले बन्द घोषणाको पुर्व सन्ध्यामा हिजो साझ बागलुङ्ग बजारमा बिरोध जुलुस एबं कोणशभा सम्पन्न गरेको छ । नेकपा माओबादीको पार्टी कार्यालय बाट मसाल सहित निश्केको जुलुसलाई लोकतान्त्रिक चोकमा प्रहरीले हस्तक्षेप गरि मसाल खोसेको थियो ।

जुलुस पर्दशन पछि आयोजित कोशसभामा बोल्दै नेकपा माओबादीका जिल्ला सेक्रेटरी बिकिरण क्षेत्रिले भ्रष्टाचार र महंङ्गी बिरुद्ध आवाज उठाउदै गर्दा पक्राउ परेका झापाका माओबादी नेता बाबुराम राई लगायत धादिङ्ग र अर्घाखाची  लगायतका जिल्लामा पक्राउ परेका माओबादी नेता तथा कार्यकर्ता लाई तत्काल बिनासर्त रिहाई गरी झुटा मुद्धा खारेज गर्न माग गर्नुभयो ।

उहांले महंङ्गी भ्रष्टाचार तस्करी एबं राष्ट्रियता जनतन्त्र र जनजिविकाको लागि आफुहरुले जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिनुभयो । कार्यक्रमको संचालन नविन कुवरले गर्नुभएको थियो ।

बिप्लवको बन्दले कैलाली वासीलाई सास्ती

२७ जेठ, धनगढी ।
नेता कार्यकर्ता रिहाइको माग गर्दै नेकपा माओवादी नेत्र विक्रम चन्द बिप्लव समूहले गरेको नेपाल बन्दका कारण आज कैलालीको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण धनगढीबाट पूर्वी तथा पहाडी रुटमा चल्ने यातायातका सेवा ठप्प रहेको छ । बस नचल्दा कयौ यात्रु धनगढी बसपार्कमा रोकिएका छन् ।

यस्तै जिल्ला स्थित बजार, ब्यवसाय, उद्योग धन्दा, शैक्षिक संस्था लगायत बन्द रहेका छन् । साना सवारीका साधन भने फाटफुट चलेका छन् ।

बन्दलाई मध्यनजर गर्दै राजमार्ग, बजार क्षेत्रमा ठुलो संख्यामा सुरक्षाक्रर्मी परिचालन गरिएको छ । कैलालीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले अहिलेसम्म जिल्लाभरकोे स्थिती सामान्य रहेको बताउनु भयो ।

बन्दकर्ता विना नै विप्लब माओवादीको बन्द, बन्दकर्ताको निशानामा साझाबस

२७ ,जेठ काठमाडौं ।

विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ । बन्दकर्ता विना नै सडकमा भाडाको गाडीहरु चलेका छैनन् ।  निजी सवारी साधन भने निर्वाधरुपमा सञ्चालन भइरहेका छन् । चोक चोकमा सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको छ ।  बन्दकर्ताले कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेलामा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ । बन्दका क्रममा साझा बसमा तोडफोड भएको छ । राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरेका छन् ।  ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाइटीको पोष्टमा ब्राजिलको ७ गोल,काउटिन्होको हृयाट्रिक

२७ जेठ,एजेन्सी ।

कोपा अमेरिका फुटबलमा ब्राजिलले हाइटीमाथि गोलको वर्षा नै गर्दै पहिलो जित निकालेको छ । फिलिप काउटिन्होले हृयाट्रिक गरेपछि बिहीबार विहान भएको खेलमा ब्राजिलले हाइटीलाई ७-१ गोल अन्तरले हराएको हो । यसअघि पहिलो खेलमा उसले बराबरी खेलेको थियो । फ्लोरिडाको क्याम्पिङ वल्र्ड स्टेडियममा भएको खेलमा ब्राजिलले १४ औं मिनेटमा फिलिप काउटिन्होको गोलबाट अग्रता लिएको थियो ।  यस्तै २९ औँ मिनेटमा काउटिन्होले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। रेनाटो ओगस्टोले ३५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमै ३–० को अग्रता दिलाए। यस्तै खेलको ५९ औँ मिनेटमा गाब्रिएलले गोल गरे भने ६७ औँ मिनेटमा लुकास लिमाले गोल गर्दै टोलीलाई ५–० को स्थितिमा पुर्याए।

७० औं मिनेटमा हाइटीका  मार्सेलिनले गोल गरे ।   ८६ औं मिनेटमा अगस्टोले व्यक्तिगत दोस्रो गोल गरे भने अन्तिमा काउटिन्होले हृयाट्रिक पुरा गरे । जितपछि समूह बीमा रहेको ब्राजिल दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको पेरुको एक खेलबाट ३ अंक छ।

कामु प्रधानन्यायाधीश र दीक्षितपत्नीबीच हाडनाता!

२७ जेठ, काठमाडौं ।

सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरित मुद्दा हेरेर आदेश दिएको खुलासा भएको छ। कार्की  र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितपत्नी शान्ता बस्नेतबीच हाडनाता सम्बन्ध छ। कार्मी फुपू र शान्ता भदै हुन्। शान्ताले दायर गरेको बन्दी प्रत्यशीकरणको रिटमा कार्कीले सुनुवाइ गरेकी थिइन्।

सुशीला र दीक्षितपत्नी शान्ताको पुस्तौली थलो धनकुटाको लेगुवा हो। स्रोतका अनुसार सुशीला र शान्ता अर्जुनवीर बस्नेतका सन्तती हुन्। अर्जुनका तीन छोरा थिए– नरवीर, चन्द्रवीर र तिलविक्रम बस्नेत। सुशीला तिलविक्रमको पनातिनी हुन् भने शान्ता नरवीरकी खनातिनी हुन्। यो नाताले उनीहरु फूपु भदै पर्छन्। शान्ताको ललितपुर निवासी कनकमणि दीक्षितसँग प्रेम विवाह भएको थियो। नयाँ पत्रिका दैनिकमा समाचार छ।

भ्रष्टाचार र अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसनधान आयोगले दीक्षितलार्ए पक्राउ गरेपछि उनकी पत्नी शान्ताले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। १५ वैशाख २०७३ मा दायर सो मुद्दाको कामु प्रधानन्यायाधीश कार्कीले सुनुवाइ गरेकी थिइन्।

मुलुकी एनेमा के छ व्यवस्था?

मुलुकी ऐन अदालती बन्दोबस्तको ३० नम्बर महलमा नातासम्बन्धभित्रको मुद्दा कुनै पनि न्यायाधीशले हेर्न नमिल्ने उल्लेख छ। अदालती बन्दोबस्तको ३० नम्बरमा भनिएको छ,‘आफ्ना हाडमा अपुताली परे खान पाउने नाता र मामा, माइजु, सानी ठूलीआमा, सानो ठूलोबाबु, सासू ससुरा, फुपू फुवाजु, जेठु, साला, मीत, आफ्ना दिदीबहिनी, छोरी र यिनै दिएका ज्वायँ, भानिज, भान्जी, भान्दी बुहारी, आमाका बाबुआमा, मन्त्र सुनाउने गुरु–गुरुमा, मन्त्र सुनाएका शिष्य शिष्यनी, आफूले लेनदेन कारोबार गरेका, नोकर चाकर र लेखिएका मानिसको एकाघरसँग बसेका जहानको र झगडिया मानिसको मुद्दा पर्न आएमा आफूले हेर्न हुँदैन।’

मुलुकी ऐनको अपुताली महलको १ नम्बरले हकवाला भनेको सम्बन्धित व्यक्तिको सात पुस्तासम्मको सबैभन्दा नजिकको अंसियार हुन्छ भनेको छ।

अस्थायी शिक्षकलाई हटाउँदा बिदाइ खर्च ४ अर्ब

२७ जेठ, काठमाडौं ।
शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई चार तहमा विभाजन गरेर व्यवस्थापन गर्ने भएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने वा निश्चित रकम लिएर घर फिर्ता हुनेमध्ये एक विकल्प रोज्न दिने शिक्षा ऐन आठौं संशोधनसम्बन्धी विधेयकले व्यवस्था गरेको छ। गत शनिवार संसदले पारित गरेको उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ।

विधेयकमा अस्थायी दरबन्दीमा पाँच वर्षलेखि दश वर्षसम्म काम गरेका शिक्षकलाई एक वर्ष बराबर आधा महिना, दश वर्षदेखि पन्ध्र वर्षसम्म काम गरेका शिक्षकलाई एक वर्षबराबर एक महिना र पन्ध्र वर्षभन्दा बढी पढाएका शिक्षकलाई एक वर्षबराबर डेढ महिना मानेर रकम दिइने उल्लेख छ।

मन्त्रालयका सहसचिव डा। हरि लम्सालका अनुसार साढे १७ हजारको हाराहारीमा अस्थायी शिक्षक मुलुकभर कार्यरत छन्।

९ हजार शिक्षकलाई रकम दिएर घर पठाउँदा साढे ३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान मन्त्रालयको छ। यसपटक सरकारी कर्मचारीको तलब २५ प्रतिशत बढेकाले शिक्षकलाइए विदाई गर्दा लाग्ने रकम स्वतः बढ्नेछ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web