२७ जेठ, धनगढी ।
नेता कार्यकर्ता रिहाइको माग गर्दै नेकपा माओवादी नेत्र विक्रम चन्द बिप्लव समूहले गरेको नेपाल बन्दका कारण आज कैलालीको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण धनगढीबाट पूर्वी तथा पहाडी रुटमा चल्ने यातायातका सेवा ठप्प रहेको छ । बस नचल्दा कयौ यात्रु धनगढी बसपार्कमा रोकिएका छन् ।

यस्तै जिल्ला स्थित बजार, ब्यवसाय, उद्योग धन्दा, शैक्षिक संस्था लगायत बन्द रहेका छन् । साना सवारीका साधन भने फाटफुट चलेका छन् ।

बन्दलाई मध्यनजर गर्दै राजमार्ग, बजार क्षेत्रमा ठुलो संख्यामा सुरक्षाक्रर्मी परिचालन गरिएको छ । कैलालीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले अहिलेसम्म जिल्लाभरकोे स्थिती सामान्य रहेको बताउनु भयो ।

20.12¡ÆC