काठमाडौँ । पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ ।
यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणबाट ७ लाख ६७ हजार २७१ र एन्टिजेन विधिबाट ८४ हजार ६९३ जना पुगेको छ। यस्तै संक्रमितमध्ये हालसम्म ७ लाख २३ हजार ४५६ जना निको भएका छन् ।
हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.३ प्रतिशत रहेको छ ।
काठमाडौँ । कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार शनिबारदेखि सञ्चालनमा आउने भएको छ । शनिबारदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागेको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिएका छन् ।
‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा भदौ १९ गतेदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुनेछन्,’ शाहले भने ।
पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरु चन्द्रागिरि पुग्ने गरेका छन् । कम्पनीका महाप्रबन्धक शाहले चन्द्रागिरि हिल्समा शनिबारदेखि नै जिपलाइन समेत शुारम्भ गर्न लागेको जानकारी दिए ।
पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेको छ ।
काठमाडौँ । अघिल्लो वर्ष २०७७ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले बाँदर धपाउन किसानलाई बन्दुक बाँड्यो । तर, पछिल्लो वर्ष २०७८ सम्म आइपुग्दा बन्दुकको आवाज सुनेर बाँदर भाग्न छाडे ।
नगरपालिकाले दुई सय ९५ टोलमा विभिन्न थरी गरी पाँच लाख रुपैयाँ बराबरको निःशुल्क बन्दुक बाँड्यो । एक टोल एक बन्दुक नगरपालिकाको बन्दुक बाँड्ने मापदण्ड थियो । तर, आवश्यकता हेरी केही टोलमा दुई/तीन वटा पनि बन्दुक बाँडेको छ नगरपालिकाले ।
बन्दुकको आवाज सुनेर केही दिन त बाँदर भागे पनि । तर बन्दुकले केही नगर्ने रहेछ भन्ने थाहा पाएपछि बाँदर भाग्न छाडे ।
काठमाडौँ । अघिल्लो वर्ष २०७७ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले बाँदर धपाउन किसानलाई बन्दुक बाँड्यो । तर, पछिल्लो वर्ष २०७८ सम्म आइपुग्दा बन्दुकको आवाज सुनेर बाँदर भाग्न छाडे ।
नगरपालिकाले दुई सय ९५ टोलमा विभिन्न थरी गरी पाँच लाख रुपैयाँ बराबरको निःशुल्क बन्दुक बाँड्यो । एक टोल एक बन्दुक नगरपालिकाको बन्दुक बाँड्ने मापदण्ड थियो । तर, आवश्यकता हेरी केही टोलमा दुई/तीन वटा पनि बन्दुक बाँडेको छ नगरपालिकाले ।
बन्दुकको आवाज सुनेर केही दिन त बाँदर भागे पनि । तर बन्दुकले केही नगर्ने रहेछ भन्ने थाहा पाएपछि बाँदर भाग्न छाडे ।
पर्वत । पर्वतको विभिन्न ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । पहिराेमा परेर एक जना हराइरहेका छन् ।
ज्यान गुमाउनेमा एकै परिवारका पाँच जना छन् । कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा उहाँकी ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती, दुई छोरीहरू १६ वर्षीया विमला र ११ वर्षीया विनिताका साथै नाै ९ वर्षीय छोरा विनोदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो खस्दा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका ७ की ३८ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेशको पनि ज्यान गएको छ ।
यस्तै कुश्मा नगरपालिका ११ पकुवा ताल्चेमा आज शुक्रवार बिहान खसेको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उहाँका तीन वर्षीय छोरा प्रयुशको ज्यान गएको छ । पहिराेमा मायाकुमारीकी सासू ७० वर्षीया डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।
साथै पर्वतकै मोदी गाउँपालिका ५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षीया फूलमाया थापाको ज्यान गएको छ । पर्वतमा शुक्रवार बिहानैदेखि विद्युत् सेवा बन्द भएको छ भने टेलिफोन सेवा पनि प्रभावित भएको छ ।
काठमाडौँ । पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) को कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् ।
अध्यक्ष ओली पक्षले एक्लौटी रुपमा कार्यक्रम राखेको भन्दै पीपीएलएका अध्यक्ष रुद्र नेपालले असन्तुष्टि जनाएका थिए । उनले कार्यक्रममा नजान आफ्नो पक्षलाई आह्वान नै गरेका थिए । उनी पूर्व माधव नेपाल समूहका हुन् ।
तर ओली निकट रहेका पीपीएलएका महासचिव ईश्वरी भट्टराईले पुनर्जागरण रोकेनन् । यो कार्यक्रम रोक्न पीपीएलएका इन्चार्ज रघुजी पन्तले सुझाव दिएका थिए । २ जेठ २०७५ अगाडिको एमाले पार्टी संरचनामा पीपीएलएका इन्चार्ज पन्त र अध्यक्ष नेपाल थिए ।
अहिले ललितपुरको च्यासलमा पीपीएलएको कार्यक्रम चलिरहेको छ । अध्यक्षता उपाध्यक्ष रमा श्रेष्ठले गरेकी छन् भने एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङ अतिथि छन् ।
गत ८ भदौको स्थायी कमिटी र १० भदौको केन्द्रीय कमिटी बैठकले दशबुँदे सहमतिअनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा फर्काइने निर्णय गरेको छ ।
रामेछाप । केही दिनदेखिको लगातारकाे वर्षाले खानेपानीको मुहानमा पहिरो जाँदा सदरमुकाम मन्थलीमा खानेपानीको समस्या भएकाे छ । वर्षाका कारण आएको बाढीले मन्थली नगरपालिका ६ भलुवाजोरको लामपाटे र कमेरे खोलामा रहेको खानेपानी ट्याङ्कीमा क्षति पुर्याएको हो ।
यस्तै ठाउँ–ठाउँमा पहिरो जाँदा सदरमुकाम मन्थलीमा ल्याइएको मुख्य लाइन पाइप बगाएको छ । त्यसैगरी पहिरोले मन्थली नगरपालिका वडा ५ सुनारपानीको मचवारी खोलाको मुहानमा बनाइएको ट्याङ्की र पाइप लाइनमा पनि क्षति पुगेको मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक जगदीश सुवेदीले जानकारी दिनुभयो ।
बाढीले बगाएकाे पाइप खोज्न र मर्मत गर्न समय लाग्ने भएकाले केही समय पानी वितरणमा समस्या देखिएको हो ।
भलुवाजोरमा रहेका दुई वटा मुहान मर्मतपछि पानी नियमित आउन थालेको भए पनि सुनारपानीतर्फको पाइप लाइन अझै मर्मत हुन सकेको छैन । सुनारपानीको मचवारी मुहान हुँदै मन्थली ल्याइएको पानीको मुहानमा पहिरोले धेरै क्षति पुर्याएकाले अहिले मर्मतको काम भइरहेको छ ।
मचवारी मुहान हुँदै ल्याएको पानीको पाइप धेरै ठाउँमा बगाएको र केही ठाउँमा पाइप फुटेकाले मर्मतको काम अघि बढाइएको हो । त्यस क्षेत्रको काम सकिनासाथ पानी नियमित हुने खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव ढाकल थापाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार यस वर्ष वर्षाका कारण मन्थली खानेपानी उपभोक्ता समितिले धेरै ठूलो क्षति बेहाेरेकाे छ । धेरै ठाउँमा खानेपानी लाइन बगाएको छ । ठाउँठाउँमा पानी जम्मा गर्ने रिजर्भ ट्याङ्की बगाएको छ भने केही पुरेको छ ।
सदरमुकाम मन्थलीमा अहिले सुनारपानीको मचवारी, भलुवाजोरको लामपाटे र कमेरेखोला मुहानको पानी साथै तामाकोसी नदी किनारमा निमार्ण गरिएको इनारबाट विद्युतीय माध्यमबाट पानी तानेर उपभोक्ताहरूलाई वितरण गरिँदै आएको छ ।
मन्थली खानेपानी उपभोक्ता समिति अन्तर्गत नाै सय ४२ जना सदस्यले खानेपानी उपभोग गर्दै आइरहेका छन् । जसमध्ये व्यक्तिगत धारा जडान गर्ने सङ्ख्या आठ सय ९२ रहेको छ भने सरकारी कार्यालयमा ३५ धारा जडान भएको छ ।
यसबाहेक सदरमुकाम मन्थलीमा विभिन्न १४ सङ्घ/संस्थामा धारा जडान गरिएको छ । साथै एउटा सार्वजनिक धारा पनि रहेको मन्थली खानेपानी उपभोक्ता समिति रामेछापले जनाएको छ ।
काठमाडौँ । काठमाडौंका सरसफाई क्षेत्रमा कार्यरत २ सय सफाइकर्मीलाई खाद्यन्न सामग्री तथा स्वच्छता सामग्री वितरण गरिएको छ ।
वातावरण स्वच्छ राख्नका लागि काम गर्ने सफाइकर्मीहरुलाई गैर सरकारी संस्था गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा (सीएनसीए) र कोभिड १९ र्यापिड एक्सन टास्क फोर्स (सी १९ आरएटी) को संयुक्त आयोजनामा सफाइकर्मीलाई खाद्यन्न तथा स्वच्छता सामग्री वितरण गरेको गुथिका प्राविधिक सल्लाहाकार प्रकाश अमात्यले जानकारी दिए ।
जनस्वास्थ्यमा सरसफाईको महत्व मनन गर्दै सफाइकर्मीले पुर्याइरहेको योगदानलाई सम्मान गर्नुपर्ने बताउँदै संविधान सभाका पूर्व सांसद विमल केडियाले सफाइकर्मी सहकारी समूहका लागि ५१ हजार नगद सहयोग गरेका छन् ।
कोरोनाको महामारीको समयमा पनि संक्रमणको जोखिम मोलेर वातावरण सफा राख्न सफाइकर्मीले गरेको कामको सम्मानका गर्दै सहयोग गरेको क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडाका कोषअध्यक्ष निर्मल न्यौपानेले बताए ।
बिहीबार खाद्यन्न तथा स्वच्छता सामग्री वितरण कार्यक्रममा सडक बढार्ने काम गरेर जीवीका पार्जन गर्दै आएका सफाइकर्मीलाई कोभिडको कारण निक्कै समस्या भोग्नुपरेको सफाइकर्मी सहकारी समूहकी अध्यक्ष अन्जु पौडेलले बताइन् ।
उनले भनिन्, ‘सडक बढार्ने काम पनि एक महिना पाइने र अर्को महिना नपाइने भयो । त्यसले गर्दा छाक टार्न नै मुश्किल भयो ।ऋण मागेर खान बाध्य भयौं ।’
काठमाडौँ । अवैध रुपमा यार्सागुम्बाको कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका–३ घर भई काठमाडौंको मित्रनगरमा बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्ने ५० वर्षीय बेलबहादुर थापा, लमजुङकै बेसीशहर नगरपालिका–११ घर भई काठमाडौंको बानियाँटार बस्ने ४० वर्षीय कृष्ण परियार र प्युठानको खलंगा नगरपालिका–११ घर भई काठमाडौंको तारकेश्वरमा बस्ने ४७ वर्षीय दानबहादुर जीसीलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेको हो ।
अवैध रुपमा यार्सागुम्बाको कारोबार गरिरहेको सूचनाको आधारमा डुण्डुपको डेरा खानतलासी गर्दा १ किलो ८५० ग्राम यार्सागुम्बासहित चारै जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि शुक्रबार डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ ।
सुन तोलामा एक सय रुपैयाँ बढेर ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।
आज चाँदीको भाउ तोलामा ११ सय ९५ रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अभियानका संयोजक निर्ग जैसी (नवीन)ले आफूसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको बताए । पक्राउ पर्नेहरुमा जैसीसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली छन् ।
जैसी माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत हुन् । उनले आफ्नो नेतृत्वमा एक हजार एक जनाको ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ गठन गरेको बताए । आजको विरोध प्रदर्शन भने काठमाडौं जिल्ला समितिका सम्राट थापाले आयोजना गरेको उनले बताए ।
काठमाडौँ । जापानमा भइरहेको टोकियो पारा ओलम्पिक सन् २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन पहिलो खेलमै पराजित भएकी छन् ।
राउण्ड अफ १६ अन्तर्गत आज बिहान भएको खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी हुन् ।
पलेशाले महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताउनुभएको छ।
पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश निकालेर उहाँले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन आग्रह गर्नु भएको छ ।
लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँ अग्रणी साबित गर्दै आएको भन्दै उहाँले नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैँ अगाडि रहेको बताउनुभएको छ ।
उहाँले संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकैबीच महाधिवेशनमा गर्नु परेकाले जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहभागी हुन आग्रह पनि गर्नु भएको छ । आठ लाखभन्दा बढी कांग्रेसका क्रियाशील सदस्य आजदेखि १४ औँ महाधिवेशनको प्रक्रियामा सहभागी भएका पनि देउवाले बताउनु भएको छ ।
कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु भएको हो । वडाबाटै आफ्नो प्रतिनिधित्व निर्वाचित गर्न केन्द्रीय नेताहरु जिल्ला जिल्ला पुगेका छन् । वडा तहबाट छानिने प्रतिनिधिले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरु तल्लो तहसम्मै सक्रिय भएका हुन् ।
सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरक-फरक हुने भएको छ । एकैदिन वडा अधिवेशन गर्ने कार्यतालिका भए पनि काठमाण्डौसहित दुई दर्जनभन्दा धेरै जिल्लामा आज अधिवेशन नहुने भएको छ । २१ जिल्लामा सदस्यता विवाद अझै टुङ्गिसकेको छैन ।